रोजगारदाता र श्रमिकबीच मर्यादित कामका लागि सहयोग गर्ने सहमति

सदरलाइन संवाददाता ९ जेष्ठ २०८०, मंगलवार १४:३५
 

नेपालगञ्ज : बाँके युनेस्को क्लबले मर्यादित र सुरक्षित वातावरणमा व्यवसाय एवं रोजगार सञ्चालनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेका रोजगारदाता र श्रमिकहरुका लागि अभिमूखिकरण कार्यक्रम गरेको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो अभिमूखिकरण गरिएको हो ।

सो अभिमूखिकरणमा नगरपालिका भित्रका युवा महिलालाई रोजगारी र व्यवसायमा लगाउन देखिएका समस्या र चुनौतीहरुसंगै अवसर तथा अन्य विभिन्न प्रकारका अवरोधका बारेमा छलफल गरिएको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताए ।

कार्यक्रममा ठाकुरबाबा नगरपालिकाको रोजगार संयोजक रविन्द्र अर्यालले रोजगारदाता र श्रमिक दुबैलाई एकै ठाउँमा राखेर गरिएको यो कार्यक्रम निकै सकारात्मक रहेको र यसबाट युवा महिलालाई रोजगारीमा जान सहज हुने बताए ।

उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द आचार्यले महिलालाई आर्थिक रुपमा सबल बनाउन उनिहरुलाई पनि समान अवसर दिनुपर्ने र काममा कुनै पनि प्रकारको विभेद वा अडचन आउन नहुने वातावरण बनाउनुपर्नेमा जोड दिए ।


होटल अर्गनाइजेशनका अध्यक्ष चन्द्रकान्त काफ्लेले युवा महिलाको रोजगारीका लागि होटल व्यवसायी सकारात्मक रहेको बताए ।

बर्दिया टाईगर रिसोर्टका सञ्चालक दिवश अधिकारीले युवा महिलालाई रोजगारीमा लगाउन शिक्षा र सिपमा विशेष जोड दिनुपर्ने बताए ।

कार्यक्रमको सहजिकरण अधिवक्ता राजकुमार थारुले गरेका थिए भने कार्यक्रममा इको टुरिज्मका डिल्ली प्रसाद भट्टराई, होटल व्यवसायीहरु, विद्यालयका शिक्षक शिक्षिका, विभिन्न व्यवसाय र रोजगारमा कार्यरत श्रमिक गरेर ३३ जनाको सहभागिता रहेको थियो ।

सो अभिमूखिकरणमा सहभागि अधिकांशले युवा महिला रोजगारीमा नआउनुमा सुरक्षित वातावरण नहुनु, अशिक्षा, लैंगिक विभेद, कामको महत्व नबुझ्नु, कानुनी प्रावधानको कमी र परिवारिक असहयोगनै मुख्य कारण रहेको निश्कर्ष निकालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरपालिकाले खरिद गरेको सेनेटरी प्याड गुणस्तरहीन

९ जेष्ठ २०८०, मंगलवार १४:३५
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाले विद्यालयका छात्रालाई निःशुल्क वितरणका लागि खरिद गरेको २७ लाख रुपैयाँको सेनेटरी प्याड गुणस्तरहीन भएको प्रमाणित भएपछि खरिद सम्झौता रद्द गरेर प्याड फिर्ता पठाइएको छ । वितरणका लागि विद्यालय पठाउनै लागिएको सो सेनेटरी प्याड गुणस्तरहीन भएको आशङ्का उत्पन्न भएपछि केही दिनअघि परीक्षणका लागि काठमाडौँ पठाइएको थियो […]

सम्बन्धित