सदरलाइनडटकम,
कञ्चनपुर : निर्मला पन्त प्रकरण अनुसन्धानमै रहेका बेला कञ्चनपुरमा फेरि एक बालिका बलात्कारको शिकार भएकी छन् । बेल्डाँडी गाउँपालिका १ की १५ वर्षीया एक बालिका बिहीवार राति बलात्कारमा परेकी हुन् ।
घरमा बिहीवार सत्यनारायणको पूजा रहेको र पूजा सकिएपछि नाचगानका क्रममा उनलाई एकजना चिनेका व्यक्तिले फोन गरी बाहिर बोलाएका थिए । घरबाट बाहिर निस्किएकी बालिकालाई अपहरण शैलीमा दुईजनाले मोटरसाइकलमा बसालेर लगी बलात्कार गरेको उजुरी परेको कञ्चनपुर प्रहरीले बताएको छ ।
पीडितको महाकाली अञ्चल अस्पतालमा मेडिकल गराइएको छ । जाँच रिपोर्ट आएपछि अनुसन्धान अघि बढाइने प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।
