स्वर्गीय बुबाको सम्झनामा पत्रकारिता पुरस्कार घोषणा

सदरलाइन संवाददाता ३१ बैशाख २०८०, आईतवार १७:४८
 

कोहलपुर (बाँके) : प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिका सचिव शुभाकर विश्वकर्माले आफ्ना स्व. बुवा दिपबहादुर कामीको सम्झनामा क्रियाशिल पत्रकारिता पुरस्कार घोषणा गरेका छन् ।

प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ८ मा अबस्थित कुपिण्डे ताल भ्रमण तथा मासिक बैठकको अबसरमा उनले पत्रकारिता पुरस्कार घोषणा गरेका हुन् । प्रत्येक वर्ष प्रेस सेन्टर कोहलपुर नगर समितिको स्थापना दिबसको अबसरमा प्रेस सेन्टरमा आबद्ध एकजना पत्रकारलाई उक्त पत्रकारिता पुरस्कार प्रदान गरिने उनले बताए । स्व. दिपबहादुर प्रतिष्ठानद्वारा प्रत्येक वर्ष एक जना क्रियाशिल पत्रकारलाई पाँच हजार राशिको उक्त पत्रकारिता पुरस्कार प्रदान गरिने छ ।

उनले भने ‘मेरो पुजनीय बुवाको सम्झनामा पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको कुपिण्डेमा बसेको मासिक बैठकको अबसरमा यो पुरस्कार घोषणा गरेको हुँ ।’ स्व. दिप बहादुर प्रतिष्ठान जुम्लाका अध्यक्षसमेत रहेका विश्वकर्माले पाँच हजार राशिको क्रियाशिल पत्रकारिता पुरस्कार घोषणा गर्न पाउँदा खुशी लागेको र यसले प्रेस सेन्टरमा अबद्ध पत्रकारहरुलाई थप मेहनतका लागि पनि प्रेरित गर्ने बताए । ‘यो पुरस्कार मात्रै होइन, पत्रकारका लागि प्रेरणा पनि हो, यसले थप गतिशिल, अनुसाशित र तथ्यपरक पत्रकारिताका लागि प्रेरणा दिने अपेक्षा गरेको छु’ विश्वकर्माले भने ।


यसअघि स्व. दिप बहादुर प्रतिष्ठान जुम्लाद्वारा जुम्लामा क्रियाशिल पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रोत्साहन स्वरुप दश हजार राशिको पत्रकारिता पुरस्कार घोषणा गरिसकेको उनले बताए । उनले भने ‘त्यसकै अनुरुप आफु कोहलपुरमा रही पत्रकारिता गरिरहेको र थोरै भएपनि कोहलपुरमा पत्रकारिता गरिरहेका पत्रकारको हौसलाका लागि पुरस्कार घोषणा गरेको हुँ ।’

प्रत्येक वर्ष प्रेस सेन्टर नेपाल कोहलपुर नगरको स्थापना दिबसका अबसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खुद्रा व्यवसायी संघको अध्यक्षमा हिमनाथ पौडेल निर्वाचित

३१ बैशाख २०८०, आईतवार १७:४८
नेपालगञ्ज : तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ बाँकेको अध्यक्षमा हिमनाथ पौडेल निर्वाचित भएका छन् । नेपालगञ्जमा भएको अधिवेशनबाट उनी सर्वसम्मत निर्वाचित भएका हुन् । यसैगरी महिला उपाध्यक्षमा रुक्मिना भातरी, उपाध्यक्षमा सुरेश जंग बन्जारा, सचिवमा युवराज काफ्ले, सहसचिवमा ललितबहादुर कडायत, कोषाध्यक्षमा केदारप्रसाद दहाल निर्वाचित भएका छन् । […]