‘पब्लिक स्पिच’ सिजन–३ को अडिशन सम्पन्न

सदरलाइन संवाददाता ६ फाल्गुन २०८१, मंगलवार १७:५९
 

नेपालगञ्ज  : भ्रष्टाचार बिरुद्ध तथा सुशासनको क्षेत्रमा क्रियाशिल बागेश्वरी असल साशन क्लब (बास) को आयोजनामा जिल्ला व्यापी ‘पब्लिक स्पिच’ कार्यक्रम सिजन ३ को अडिशन कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले ‘पब्लिक स्पिच’ कार्यक्रम सिजन ३ को अडिशन कार्यक्रममा बाँकेका विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत ४३ युवा विद्यार्थी सहभागी रहेको जानकारी दिए ।

युवा विद्यार्थीलाई भ्रष्टाचार बिरुद्धको अभियानमा जोड्ने उद्देश्यले बासले बिगतका केहीवर्ष यता देशभर आफ्ना शाखा रहेका जिल्लाहरुमा यस्ता कार्यक्रम गर्दै आएको जनाएको छ ।

कार्यक्रारी निर्देशक शाहले दिएको जानकारी अनुसार विभिन्न विषयबस्तुमा अ–आफ्नो भनाई राखेका २९ जना युवा विद्याथीहरु सेमिफाईनलमा प्रवेश गरेका छन् । उनीहरुले सेमिफाइनमा आफुले पाएका विभिन्न पाँच छुट्टाछुट्टै विषयमा आफ्नो दलिल पेश गर्नेछन् ।


बासले हेरक वर्ष भ्रष्ट्रारबिरुद्धका विभिन्न विषयमा जिल्लाव्यापी पब्लिक स्पिच कार्यक्रम आयोजना गर्दै आएको छ । महिला उद्यमी तथा साहित्यकार डिला शाह, पत्रकार रुद्र सुवेदी, सन्तोष खड्का र माधव कार्कीले निर्णायकको भूमिका निभाएका थिए ।

कार्यक्रमको अध्यक्षता बासको कोषाध्यक्ष कल्पना अधिकारी र सहजिकरण अशोक रावलले गरेको कार्यक्रममा बासका पूर्व अध्यक्ष मन भण्डारी, निवर्तमान अध्यक्ष रमेश सिटौला, निर्देशक हेमराज भट्ट, शुद्ध चौधरीलगायतको उपस्थिति रहेको थियो ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चारवटा महत्वपूर्ण निर्णय गर्दै लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक सम्पन्न

६ फाल्गुन २०८१, मंगलवार १७:५९
दाङ–लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा महत्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको छ । मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा सम्पन्न बैठकले विभिन्न चारवटा निर्णय गरेको हो । बैठकले उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक बजेट तथा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश […]