कोठामा निस्सासिएर बैतडीमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २७ फाल्गुन २०७७, बिहीबार १०:०७
 

बैतडी : बैतडीमा कोठामा निस्सासिएर एकजनाको मृत्यु भएको छ । कोठाभित्र हिटर बालेर सुतेका दुई जनामध्ये एक जनाको निस्सासिएर मृत्यु भएको हो । एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ ।

मृत्यु हुनेमा शिवनाथ गाउँपालिका ३ पुडिलका ३५ वर्षीय राजसिंह साउँद रहेका छन् । राजसिंहकी भतिजी २० वर्षीया सरिता साउँदलाई अचेत अवस्थामा उद्धर गरिएको छ ।

राजसिंहले बुधवार धनगढीबाट कुखुराका चल्ला ल्याएको र खोर बन्न बाँकी रहेकोले कोठाभित्रै रोखका थिए । चल्लालाई चिसो हुन्छ भनेर कोठामा हिटर बालेर सुत्दा उनको निस्सासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

अचेत अवस्थामा भेटिएकी सरितालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

Next Post

ब्राजिलमा कोरोनाबाट एकै दिन दुई हजार बढीको मृत्यु

२७ फाल्गुन २०७७, बिहीबार १०:०७
काठमाण्डौ : ब्राजिलमा कोरोना भाइरसको महामारी फेरि गम्भीर रुपमा फैलिएको छ । कोरोना भाइरसका कारण ब्राजिलमा एकै दिन दुई हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । ब्राजिलमा बुधबार एकै दिन कोरोनाका कारण २ हजार २ सय ८६ जनाको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण विश्वमा […]