खुद्रा व्यवसायी संघको अध्यक्षमा हिमनाथ पौडेल निर्वाचित

सदरलाइन संवाददाता ३१ बैशाख २०८०, आईतवार १८:४८
 

नेपालगञ्ज : तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ बाँकेको अध्यक्षमा हिमनाथ पौडेल निर्वाचित भएका छन् । नेपालगञ्जमा भएको अधिवेशनबाट उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।

यसैगरी महिला उपाध्यक्षमा रुक्मिना भातरी, उपाध्यक्षमा सुरेश जंग बन्जारा, सचिवमा युवराज काफ्ले, सहसचिवमा ललितबहादुर कडायत, कोषाध्यक्षमा केदारप्रसाद दहाल निर्वाचित भएका छन् ।


निर्वाचित भएको १६ सदस्यीय समितिको सदस्यमा तुलसीराम अधिकारी, सन्तोष बजगाईं, सन्जु श्रेष्ठ, प्रमिला बस्नेत, सरिता काफ्ले, नरेन्द्र सिंह ठकुरी, अर्चना घिसिङ, चन्द्रमाया नेपाली, तुलसी महता र दिनेश सापकोटा रहेको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउनसुगर सहित बर्दियामा एक जना पक्राउ

३१ बैशाख २०८०, आईतवार १८:४८
बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. २ फुटाहाबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला जुम्ला तिला गाउँपालिका वडा नं.०७ घर भई हाल जिल्ला बाँके खजुरा गाउँपालिका वडा.नं.६ बस्ने अं.वर्ष ३३ को दिलिप रोकायालाई पक्राऊ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, भारतबाट नेपालतर्फ साइकलमा […]