नेपाल–भारत सीमा मंगलवार रातीदेखि दुई दिन बन्द हुने

सदरलाइन संवाददाता १८ बैशाख २०८०, सोमबार १३:५८
 

नेपालगञ्ज : नेपाल–भारत जमुनाहा सिमा नाका दुई दिन बन्द गरिने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा वैशाख २१ गते हुने नगर पञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो ।

मंगलवार १९ वैशाख राती १२ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म जमुनाहा नाका पूर्णरुपमा बन्द गरिने जानकारी भारतीय सुरक्षा अधिकारीलेदिएका हुन् । त्यसको जानकारी नेपाली सुरक्षा निकायलाई पनि पठाइएको बताइएको छ ।

खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षाचुनौती बढ्नसक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमा नाका बन्द गर्न लागिएको हो। त्यसक्रममा सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल, एसएसबीका स्थानीय अधिकारीबीच संयुक्तगस्तीका लागि छलफल पनि भएको छ ।

नाका शील गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमादुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदनशीलताअनुसार कामगर्ने सहमति उनीहरुबीच भएको जनाएका छन् ।

सीमा शील गरिएको अवधिमा एम्बुलेन्स,बिहेजन्तीलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिइनेभारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।


खुला सीमाका कारण साइड नाकाहरूमा पनि विशेष निगरानी बढाइएको जनाउँदै सशस्त्र प्रहरीको बागेश्वरी ३० नम्बर गणले ती क्षेत्रमा कडाइ गरेको जनाएको छ ।

यसैगरी वैशाख १९ गतेबाटै दुई देशका सीमाक्षेत्रमा मदिराकोबेचबिखन र सेवनमा समेत रोक लगाइएको छ । नेपाल र भारत दुवै देशमा विभिन्न तहकानिर्वाचन हुने समयमा विगत लामो समयदेखि सीमा नाका शील गरिने गरिएको छ । नेपालीसुरक्षा अधिकारीहरुले त्यसैको निरन्तरता भएको बताएका छन् ।

बहराइचका डिएम डा. दिनेश चन्द्राको नेतृत्वमाभारतीय सुरक्षा अधिकारीको एक टोलीले सीमाक्षेत्रको जायजा लिंदै विशेषत दोहोरोनागरिकताधारीलाई निगरानी गर्न निर्देशन दिएको रुपैडिहाबाट पत्रकार सुरेन्द्र मधेसियालेजनाएका छन् ।

नानपाराका क्षेत्राधिकारी राहुल कुमार पाण्डेय, पुलिस अधीक्षक प्रशान्तकुमार वर्मासहितको टोली लिएर आएका जिलाधिकारी डा. चन्द्राले सुरक्षाका तमाम चुनौतीसँगै दोहोरो नागरिकताको सवाललाई निर्वाचनमा विशेष ख्याल गरिएको संकेत दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा ‘नो पार्किंङ’ मै ‘पार्किंङ’

१८ बैशाख २०८०, सोमबार १३:५८
नेपालगञ्ज : नेपालगञ्जको पुष्पलाल चोक, धम्बोजी र ट्राफिक पोष्ट अगाडिको ‘नो पार्किंङ’ ‘पार्किंङ’ जस्तै देखिन थालेका छन् । जथाभावी रुपमा भएका पार्किङ्ले नगरको सौन्दर्य विगाुर्नका साथै जथाभावी सडकको लेन क्रस गरेर हिँडिरहँदासमेत प्रहरीले कारबाही गर्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । ‘नो पार्किंङ’ भनेर राखिएको साइनबोर्डलाई वरिपरीबाट घेरेर दुईपाङ्ग्रे सवारी […]