सत्ता र सरकारी रकमको चरम दुरुपयोग गर्दै सिचाई मन्त्री मतदाता लोभ्याउन झुल वितरण पछि बोरिंग गाड्दै

५ मंसिर २०७४, मंगलवार ११:३८
 

सदरलाइनडटकम 
५ मंसिर, बर्दिया  :  प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर २१ नजिकिदै जाँदा सिचाई मन्त्री एवं नेपाली काँग्रेसबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बर्दियाका उम्मेदवार संजय गौतमले एकपछि अर्को गर्दै निर्वाचन आचार संहितको ठाडो उल्लंघन गरेको पाईएको छ ।
एक साता अघि बारबर्दिया नगरपालिकाको वडा नं. ८ र ९ का कतर्निया, थानफेना, दुधा गाउँमा रुख चिन्हमा भोट दिनुपर्छ भन्दै झुल वितरण गरेका उम्मेदवार एवं सिचाई मन्त्री संजय गौतमले पछिल्लो समय बढैयाताल गाउँपालिकामा बोरिंग गाड्दै हिडेका छन् ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागेपछि मतदातालाई प्रभावित पार्ने गरी कुनै पनि काम गर्न नपाइने बताए पनि सिचाई मन्त्री गौतमले आचारसंहिताको ठाडो उल्लंघन गरी सत्ता र सरकारी बजेटको चरम दुरुपयोग हुनेगरी मतदातालाई आफ्नो पक्षमा पार्न उक्त क्रियाकलाप गरेको नेपाली कांग्रेस भित्रै उनका विपक्षी बताउँछन् ।
सिचाई मन्त्री गौतमको ठाडो आदेशमा भूमिगत जल सिचाई डिभिजन कार्यान्लय नेपालगन्जले बोरिंग गाड्दै हिडेको हो । भूमिगत जल सिचाई डिभिजन कार्यालय नेपालगन्जका आयोजना प्रमुख अरविन्द कुमार मिश्राले बर्दिया जिल्लामा मात्र करिव ५० वटा जति बोरिंग गाडि सकेको बताएका छन् । जसमध्ये साविक कालिका गाविसमा मात्र ५ वटा बोरिंग गाडिएको छ । निर्वाचन आचारसंहिताको कुरा गर्दा प्रमुख मिश्राले नियमित पुरानो कार्यक्रम भएको भन्दै तर्किन खोजे ।
आयोजना प्रमुख मिश्राले एक वर्ष अगाडिको माग अनुसारको नियमित कार्यक्रम भएको बताए पनि मन्त्री गौतमले प्रतिनीधि सभाका लागि उम्मेदवारी दर्ता गराएपछि मात्र रातारात ४ विगाह क्षेत्रफल बराबर एउटा बोरिंग हुनेगरि नेपाली काँग्रेसका कार्यकर्ता रामेश्वर रिमालले त्यसको चाँजोपाँजो मिलाएको बताईएको छ ।

बोरिंग गाड्नका लागि ४ विगाह क्षेत्रफल जग्गा धनी पुर्जाको फोटोकपी आवश्यक पर्ने भएकोले नेपाली काँग्रेसको पशुपतिबजारमा रहेको सम्पर्क कार्यालयमा नेपाली काँग्रेसका कार्यकर्ता रेवती घिमिरे र घनश्याम घिमिरे दुई दाजुभाईले कागजात मिलाउने गरेका छन् ।
नाम उल्लेख नगर्ने शर्तमा बोरिंड गाडिसकेका बढौयाताल गाउँपालिका ७ का एक ब्यक्तिले भने, ‘बोरिंग माग गर्न नेपाली काँग्रेसको सम्पर्क कार्यालयमा पुँगे निर्वाचनमा नेपाली काँग्रेसलाई भोट हाल्नुहुन्छ कि नाई भनेर सोधे मैले भोट हाल्छु भन्ने शर्तमा बोरिंग गाडिएको हो’ उनले भने, ‘यसको सबै चाँजोपाँजो रामेश्वर रिमाल, रेवती घिमिरे, घनश्याम मिघिरे र टुकराज घिमिरेले मिलाएका छन् जस मध्ये टुकराज घिमिरे र घनश्याम घिमिरे बीच कुरा मिल्दैन ।’


यतिबेला बढैयाताल ७ स्थित कर्णालीपुरमा खिमा राना भाटको खेतमा बोरिंग गाडिदै छ । उनलाई बोरिंग कसले गाड्दैछ भन्ने थाहा छैन् । उनिले भनिन् ‘फुलराम थारुको खेतमा गाड्दै रहेछ । मैले फुलराम थारुलाई भेटेर सोधेँ कसले गाड्यो बोरिंग भन्दा रामेश्वर रिमाललाई भेटेपछि काम हुन्छ भनेपछि आफुले रामेश्वर रिमाललाई भेटेर निर्वाचनमा काँग्रेसलाई सहयोग गर्ने गरी बोरिंग गाडियो ।’ बोरिंड गाड्न तपाईको पैशा खर्च भएको छ कि छैन भन्ने प्रश्नमा खिमा राना भाटले भनिन ‘पैशा त खर्च भएको छैन मिस्त्री र लेवरहरुलाई विहान बेलुकाको खाना खुवाएकी छु ।’
सोमबार बोरिंग गाड्दै गरेको अवस्थामा भूमिगत जल सिचाई डिभिजन कार्यालय बाँकेको टिम समेत पुगेको थियो । बोरिंग गाड्दै गरेको अवस्थामा खेतमै भेटिएका आफुलाई नेपाली काँग्रेसको कार्यकर्ता बताउँने रेवती राना भाटले नेपाली काँग्रेसले नै बोरिंग गाडेको बताए ।
एउटा बोरिंग गाड्न मात्र सरदर करिव २ लाख सम्म लाग्छ । बोरिंग गाड्ने मात्र होईन नेपाली काँग्रेसले जितेपछि ७ लाख मूल्य बराबरको सोलार लडान गरिदिने झुट्ठा आश्वासन समेत बाँड्दै भोट माग्दै नेपाली काँग्रेसका कार्यकर्ता हिडिरहेको बताइएको छ ।
बढैयाताल गाउँपालिका नेकपा एमालेको गड मानिन्छ । उक्त गड भत्काउनका लागि वर्तमान सिचाई मन्त्री एवं उम्मेदवार संजय गौतमले हरेक हतकण्ड अपनाउँदै आएको एमाले समर्थकहरु बताउँछन् ।

 

Next Post

नेपालगन्जको व्यस्त सडकमा गुडी रहेको मोटरसाईकलमा एक्कासी आगो लागेपछि...(भिडियो सहित)

५ मंसिर २०७४, मंगलवार ११:३८
सदरलाइनडटकम ५ मंसिर, नेपालगन्ज : नेपालगन्जको व्यस्त सडक धम्बोझी–पुष्पलाल चोक नजिकै होटल पाहुना घर अगाडिको सुर्खेतरोडमा चल्दा चल्दैको मोटरसाईकलमा एक्कासी आगो लागेको छ । भे ५ प ९५०३ नं. को पल्सर मोटरसाईकलमा एक्कासी आगलागी भएको थियो । मोटरसाईकल गतिमा नभएको कारण मोटरसाईकल चालक भने जोगिएका छन् । चल्दा चल्दैको मोटरसाईकलमा […]