नेपालगञ्जमा ‘नो पार्किंङ’ मै ‘पार्किंङ’

सदरलाइन संवाददाता १८ बैशाख २०८०, सोमबार १४:०७
 

नेपालगञ्ज : नेपालगञ्जको पुष्पलाल चोक, धम्बोजी र ट्राफिक पोष्ट अगाडिको ‘नो पार्किंङ’ ‘पार्किंङ’ जस्तै देखिन थालेका छन् ।

जथाभावी रुपमा भएका पार्किङ्ले नगरको सौन्दर्य विगाुर्नका साथै जथाभावी सडकको लेन क्रस गरेर हिँडिरहँदासमेत प्रहरीले कारबाही गर्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । ‘नो पार्किंङ’ भनेर राखिएको साइनबोर्डलाई वरिपरीबाट घेरेर दुईपाङ्ग्रे सवारी साधन (मोटरसाइकल) पार्किंङ गर्दा पनि प्रहरीले ध्यान दिएको पाइदैन । यतिमात्र होइन जेब्रा क्रसिङमा समेत सवारी साधन रोकिरहेको अवस्थामा पनि ड्युटीमा खटिएका प्रहरी निरीह देखिएको स्थानीयले बताएका छन् ।

ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तिलक सुनारले सवारी साधनको चाप बढी भएको र ट्राफिक जनशक्ति कम भएकाले व्यवस्थापन गर्न गाह्रो भएको जानकारी दिए । “बाँकेमा ट्राफिक नियमको व्यवस्थापन उचित रुपले हुन नसक्नुमा सवारी साधनको चाप बढी र ट्राफिक प्रहरीको सङ्ख्या कम भएर हो”, उनले भने ।


नेपालगञ्ज भारतसँग सीमा जोडिएको सहर हो । यहाँ प्राय अटो चालक भारतीय नागरिक रहेको बताइएको छ । उनीहरुलाई ट्राफिक प्रहरीको नियमबारे जानकारी नहँुदा समस्या आएको ट्राफिक प्रहरी नायब निरीक्षक पौडेल बताउँछन् । उनका अनुसार ट्राफिक नियमको उल्घङ्न अटो चालकबाट हुने गरेको छ ।

सवारीसाधान चालक अनुमतिपत्रसमेत नभएको फेला परेपछि प्रहरीले कारबाही गर्ने क्रममा उनीहरुका मालिकबाट दबाबपूर्ण फोन आउने भएकाले पनि ट्राफिक नियम व्यवस्थित हुन नसकेको प्रहरी नायब निरीक्षक पौडलको भनाइ छ । जिल्लामा पक्की र कच्ची गरी ६ सय १० किलोमिटर सडक छ ।

एउटा ट्राफिकलाई नौ किलोमिटरसम्मको क्षेत्र हेर्नुपर्ने बाध्यात्मक अवस्था छ । समग्र जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सबै निकायको समन्वयमा विशेष रणनीतिका साथ कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शान्ति सुरक्षामा सहजताका लागि कोहलपुरमा सिसिटिभी

१८ बैशाख २०८०, सोमबार १४:०७
कोहलपुर (बाँके) : ईलाका प्रहरी कार्यालय कोहलपुरले नागरिकहरुको साझेदारीमा सिसिटिभि जडान कार्यलाई तिव्रता दिएको छ । सिसिटिभि जडानबाट कोहलपुर क्षेत्रमा अपराध अनुसन्धानमा सहज हुने कोहलपुर प्रहरी प्रमुख सुन्दर तिवारीको दावी रहेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तिवारी यतिबेला नागरिकहरूसँगको साझेदारीमा कोहलपुरमा हुने सबैखाले अपराध नियन्त्रण गर्न अग्रसर देखिएका […]