विकासमा राजनीति होईन हातेमालो गरौ : मन्त्री राई

१६ भाद्र २०७६, सोमबार ०८:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति होईन हातेमालो र सहकार्य हुर्नुपर्ने कुरामा जोड दिएका छन् । पार्टीका तर्फबाट आईतबार बिहान नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राईले सो कुरा बताएका हुन ।
उनले पछिल्लो समय खास गरी बाँकेमा विकासमा राजनीति गर्ने प्रबृत्ति बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै विकासका लागि हातेमालो गर्न सबैसंग आग्रह गर्दैभने–‘विकासमा हातेमालो गरौं, द्विविधा र मतभिन्नता छ भने हल गरेर अघि बढौं तर अनावश्यक हल्ला फिंजाएर धमिलो पानीमा माछा मार्ने काम नगरौं ।’
मन्त्री राईले नेपालगन्जलाई देशकै नमुना शहर बनाउने योजना स्वरुप आफूले काम गरिरहेको बताउँदै उनले भेरी अस्पताल र नेपालगन्ज विमानस्थलको स्तरोन्नति, बाटोघाटो तथा पूर्वाधार विकास, औद्योगिक कोरिडोर र प्राविधिक विश्वविद्यालय स्थापनाका निम्ति आफू निर्वा्चित भएदेखि नै लागि परेको बताए ।
‘प्राविधिक जनशक्ति उत्पादनका लागि नेपालगन्जमा प्राविधिक विश्वविद्यालयको अझ बढी आवश्यकता देखिएको छ, त्यसका लागि पनि म प्रयासरत छु’–मन्त्री राईले भने ।
बाँकेको विकासका निम्ति चालू आर्थिक बर्षमा ३ अर्वका योजना तत्काल कार्यान्वयन हुने अवस्थामा रहेको जानकारी दिँदै उनले विभिन्न धार्मिक स्थल एवम् क्षेत्रहरुको विकासका लागि पनि यथेष्ट बजेट विनियोजन भएको जानकारी दिए ।
नेपालगन्जको कान्जी हाउसबाट दैलेख लैजाँदै गरिएका गाईगोरु सुर्खेतको जंगलमा मृत भेटिएको घटना अत्यन्त खेदजनक भएको बताउँदै मन्त्री राईले गौहत्या गर्नेलाई कडा कारबाही हुनुपर्ने माग गरे । उनले सो घटना इतिहासकै लागि कालो दिनको रुपमा आफुले लिएको बताए ।
छाडा पशु चौपाया व्यवस्थापनका लागि आफू सधैं संवेदनशील र गम्भीर रहेको बाउदै मन्त्री राईले सर्वपक्षीय तथा सर्वदलीय भेला गरेर यसको दिर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिदै भने–‘पशुचौपाय व्यवस्थापनका लागि नेपालगन्जबासीबाट सामान्य कर उठाएर भएपनि लाग्नुपर्छ, जनता रिसाउलान् र चुनावमा घाटा होला भन्ने सोचेर हुँदैन ।’
उनले दिनहुँ जसो छाडा चौपाएको कारण दुर्घटना निम्तिएको र कतिको ज्यान गएको कति अंगभंग भएको कारण त्यस्ता द्धटना न्यूनिकरणको लागि सबै नगरबासी नागरिकले सहयोग गर्न आवश्यक रहेको बताए ।
उनले बागेश्वरी मन्दिरको जग्गामा भएको अनियमितताको छानविन गरी धार्मिक सम्पत्तिमाथिको चरम दोहन र भ्रष्टाचार गर्नेलाई कडा कारवाही हुनुपर्ने बताए । नेपालगन्जको धार्मिक तथा सामाजिक सद्भावलाई खल्बल्याउने षड्यन्त्रप्रति सबै सजग रहनुपर्नेमा मन्त्री राईले जोड दिए ।
मन्त्री राईले नेपालगन्जको कारकाँदोमा सभाहल निर्माणका लागि वजेट विनियोजन भएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य सङ्घले सम्झौता अनुसार ८ कोठे भवन निर्माण नगरेको, भोगाधिकारको जग्गालाई लिजमा परिणत नगरेका लगायतका कारण सरकारले सम्झौता खारेज गरेको जानकारी दिए ।
यसैबीच मन्त्री राईले बाँकेमा बसेर लामो समय पत्रकारिता क्षेत्रमा योगदान दिएका क्यान्सर पीडित बरिष्ठ पत्रकार रेशम विरही र बोन म्यारोबाट ग्रशित भएका सुर्खेतका पत्रकार डिलप्रकाश शर्माको उपचारका लागि ५०÷५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

Next Post

गौहत्या गर्नेलाई कारवाहीको माग गर्दै ज्ञापन

१६ भाद्र २०७६, सोमबार ०८:४१
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगन्ज उपमहानगरको काञ्जीहाउसमा रहेका गाई दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवाको जंगलको भिरबाट खसालेर मारेको भन्दै बाँकेमा रहेका ओमकार परिवार र आर्य समाजे विरोध र्याली सहित पाँचबुँदे ज्ञापनपत्र बुझाएको छन । गत शुक्रबार राती दैलेखको श्रीस्थानको जंगलमा लगेर छाड्ने भन्दै नेपालगन्जको पुरैनीमा रहेको काञ्जिहउसबाट २९१ गाई ८ वटा […]