सदरलाइनडटकम,
नेपालगञ्ज : करीब ८५ हजार मूल्य बराबरको अवैध औषधीे सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा बिभिन्न कम्पनीका नक्कली औषधी नेपालगञ्ज उपमहानगरपालिका १५ बाट बुधवार बिहान ५ बज बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल बीओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक गणेशकुमार सिँहको नेतृत्वमा गएको गस्ती टोलीलाई देखेर तस्करले बोरामा रहेको औषधी फालेर फरार भएका थिए ।
बिभिन्न उपचारमा प्रयोग गरिने ८५ हजार मूल्य बराबरको उक्त औषधी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक सिँहले बताए ।
