सदरलाइनडटकम,
काठमाण्डौ : सोमालियाको राजधानी मोगादिसुमा आत्मघाती विष्फोटमा परी ३ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । मोगादिसुको हाउल्वादागमा सरकारी कार्यालयलाई लक्षित गरी गराइएको विष्फोटमा धेरै घरमा क्षति पुगेको छ ।
सोमालियामा सक्रिय रहेको विद्रोही समूह अल सबाबले दशकौंदेखि आत्मघाती विष्फोट गराउँदै आएपछि उक्त विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।
(एजेन्सीको सहयोगमा)
