कोहलपुरमा डेंगीका विरामी देखिए

सदरलाइन संवाददाता १७ बैशाख २०८०, आईतवार १९:५९
 

कोहलपुर (बाँके) :  बाँकेको कोहलपुरमा ५ जनामा डेङ्गी देखिएको छ । कोहलपुर नगरपालिका नगर अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका मध्ये ५ जनामा डेङ्गी संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दिपक शर्माले जानकारी दिए ।

उनले डेङ्गी संक्रमण पुष्टि भएकाहरुमा १ जना पुरुष र ४ जना महिला रहेको बताए । कोहलपुर नगरपालिका वडा न. २ का २ जना, वडा न.५ ,११ र १४ का १÷ १ जना गरि ५ जनामा डेङ्गी संक्रमण देखिएको हो । उनीहरु सबैमा लक्षण चिन्ह देखिएको छ ।

अस्पतालका डा.रबी शर्मा वाग्लेले संक्रमित बिरामीलाई अस्पतालको निगरानीमा राखेर उपचारसँगै परामर्श दिरहेको बताए । उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार भैरहेको छ ।


डेङ्गी एक प्रकारको भाइरसबाट लाग्ने रोग हो । यो एडीस प्रजातिको एडीस एजिप्टी र एडीस एल्बोपेक्टस नामको पोथी लामखुट्टेबाट मानिसमा सर्दछ ।

यो प्रजातिका लामखुट्टेले डेङ्गी रोग भएको मानिसलाई टोकेमा ती भाइरस उक्त लामखुट्टेको पेटमा पुग्दछन् र फेरि स्वस्थ व्यक्तिलाई टोक्दा ती भाइरस स्वस्थ्य मानिसको शरीरमा प्रवेश गर्दछन् र ३ देखि ७ दिनसम्ममा स्वस्थ मानिसमा पनि रोगका लक्षण देखाउन थाल्दछन् ।

डेङ्गी सिधै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यो रोग सार्नको लागि माध्यम लामखुट्टे नै हो । डेङ्गी लामखुट्टे सङ्लो सफा, जमेको पानीमा बसेर प्रजनन् क्रिया तीव्र बनाउने हुन्छ । त्यसैले गर्दा डेङ्गी पानी पर्ने र ओसिलो समयमा बढी फैलने हुन्छ । लगभग २० जना डेङ्गी प्रभावित मध्ये १ जना बिरामीलाई गाह्रो पार्न सक्छ र यो रोगको मृत्युदर १–२ प्रतिशत हो । यो रोगले गर्भवती महिला, साना बच्चाहरूमा र दोहोरिएर भएको डेङ्गी रोगमा जटिल समस्याहरू आउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा एक युवती मृत फेला

१७ बैशाख २०८०, आईतवार १९:५९
नेपालगञ्ज : कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवामा एक २० वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीका अनुसार स्थानीय २० वर्षीया प्रिती थारु घरमै मृत अवस्थामा फेला परेकी हुन् । मृत फेला परेपनि घटना शंकास्पद रहेको हुँदा ‘मृतकले […]