नेपालगञ्ज : वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा बिहीवार मनाईंदैछ । विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न आजको दिन शुभ रहने विश्वास गरिन्छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ।
चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।