१० औँ राष्ट्रिय कर दिवस नेपालगञ्जमा पनि मनाईंदै

सदरलाइन संवाददाता १ मंसिर २०७८, बुधबार १३:२६
 

नेपालगञ्ज : ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धिः सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ बुधवारदेखि १० औँ राष्ट्रिय कर दिवस शुरु भएको छ । साताव्यापी कार्यक्रमको आयोजना गरी बाँकेसहित देशभर कर दिवस मनाउने गरिन्छ ।

आधुनिक एवं वैज्ञानिक कर प्रणाली तर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो ।


दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जले पनि साताव्यापी कार्यक्रमको आयोजना गरेको कार्यालय प्रमुख शरदचन्द्र पोख्रेलले जानकारी दिए ।

कर सप्ताहको नेपालगञ्जका मेयर डा धवलशम्शेर राणाले उद्घाटन गरेका छन् । कर सप्ताहमा कर शिक्षा सम्वन्धित कार्यक्रम, उत्कृष्ठ करदातालाई सम्मानलगायतका कार्यक्रम आयोजना गरिएको पोख्रेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा २ संक्रमित थपिए, ३ डिस्चार्ज

१ मंसिर २०७८, बुधबार १३:२६
नेपालगञ्ज : बाँकेमा बुधवार कोरोना भाइरसका २ जना संक्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा ६० वटा नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २९ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा १८ र बागेश्वरी प्रयोगशालामा […]

सम्बन्धित