खजुरामा गठबन्धनले प्रचार अभियानलाई तीब्र बनाउदै

सदरलाइन संवाददाता २५ बैशाख २०७९, आईतवार १९:४०
 


खजुरा (बाँके) :  बाँकेको खजुरा गाउँपालिकामा माओवादी र नेपाली कांग्रेसको गठबन्धनले प्रचार अभियानलाई तीब्र पारेको छ । गाँउपालिकामा माओवादी र कांग्रेसको गठबन्धन छ भने वडास्तरमा नेकपा समाजवादी पार्टी पनि जोडिएको छ ।

गठबन्धनतर्फबाट गाँउपालिका अध्यक्ष पदका उम्मेदवार डम्बर विक ‘तुफान’ ले निर्वाचन जित्नका लागि नै गठबन्धन बनेको बताए । उनका अनुसार गाँउपालिकाका ८ वडामध्य १ देखि ४ सम्मका वडामा गठबन्धन भएको छ । वडा नम्बर १ र ३ मा कांग्रेस र वडा नम्बर २ र ४ मा माओवादीले अध्यक्ष पदको उम्मेदवारी पाएको छ ।

पालिकाका सबै वडामा गठबन्धनले गरेको चुनावी कसरतले खजुरामा गठबन्धनको प्रभाव बढ्दै गएको उनले बताए । खजुरामा गठबन्धनतर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु मल्लले गाँउपालिका गठबन्धनमय बन्न सफल हुँदै गएको बताईन ।


आज आइतबार पनि गठबन्धनले गाउँपालिकाका विभिन्न वडाहरुमा निर्वाचन आयोगको आचारसंहितभित्र रहेर प्रचार प्रसार गरेका छन् । सामान्य रुपमै जनताको घरदैलोमा पुगेका गठबन्धनका उम्मेदवारहरुसँग खजुरावासीले आफ्नो ठाउँका समस्या सुनाए ।

गठबन्धनले वडा नम्बर २, सीतापुरमा जनतासँगको भेटघाटमा वडामा हुने विकास निर्माणका काममा भ्रष्टाचार नगर्नै प्रतिवद्धता जनाए ।

आफूले निर्वाचन जिते भ्रष्टाचारलाई शून्य सरह बनाउने अध्यक्ष पदका उम्मेदवार तुफानले बताए । उनले खजुरामा रहेको सुकुम्वासीका समस्यालाई समाधान गर्नका लागि समेत अग्रसरता लिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंगलबार रातिदेखि सीमा नाका बन्द हुँदै

२५ बैशाख २०७९, आईतवार १९:४०
नेपालगन्ज  : यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भारतसँग जोडिएका बाँकेका सीमा नाका ७२ घन्टाका लागि बन्द गरिने भएको  छ । यही आउँदो शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि बैशाख २७ गते राती १२ बजेदेखि बैशाख ३० गते राती १२ सम्मका लागि […]

सम्बन्धित