बढैयातालद्वारा जेष्ठ नागरिकलाई कम्बल वितरण

सदरलाइन संवाददाता १० माघ २०७९, मंगलवार १२:०९
 

बर्दिया : बढैयाताल गाउँपालिका वडा नं. ३ ले जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । जेष्ठ नागरिकलाई चिसोबाट जोगाउन ३ नं. वडा कार्यालयले ७८ वर्षमाथिका ८० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो ।

चिसोबाट जोगाउन कम्बलले सहयोगी भूमिका खेल्ने भन्दै जेष्ठ नागरिकले खुसी ब्यक्त गरेका थिए । ‘चिसो त कम भएको छ, तर पनि यसले हामी जस्ता जेष्ठ नागरिकलाई चिसोबाट जोगाउन कम्बलले महत्वपूर्ण भूमिका खेल्ने छ,’ एक जेष्ठ नागरिकले भने ।


वडा नं. ३ की कार्यवहाक वडा अध्यक्ष चन्द्रकला विकको अध्यक्षतामा भएको कम्बल वितरण कार्यक्रममा वडा सदस्य दुसानी थारु, रुद्र पौडेल, कृष्ण लम्साल, निवर्तमान वडा अध्यक्ष दुर्गाप्रसाद पराजुली, जेष्ठ नागरिक समाज बढैयातालका संयोजक गंगाधर पराजुली, सचिव हरिबहादुर घर्ती लगायतको सहभागिता रहेको थियो ।

कम्बल पाएका जेष्ठ नागरिकले कार्यवहाक वडा अध्यक्ष विकको शिरमा हात राखेर अझ धेरै प्रगतिको आशिर्वाद दिएका थिए । विभिन्न संघसंस्था र ब्यक्तिको सहयोगमा वडा अध्यक्ष विकले यसअघि पनि वडामा रहेका गरिव, असहाय, सुत्केरी, जेष्ठ नागरिकलाई सिरक प्रदान गरेकी थिइन् । उनले क्रिष्मश डे का अवसरमा गरिव तथा असहाय बालबालिकालाई न्यानो कपडा वितरण गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा खानेपानीका ७५ आयोजना अधुरै

१० माघ २०७९, मंगलवार १२:०९
नेपालगञ्ज : बाँकेमा ७५ वटा खानेपानीका आयोजना निर्माणाधिन छन् । ति मध्ये ९० प्रतिशतको निर्माण काम १५–२० प्रतिशत मात्र भएको छ । गत वर्ष खानेपानीमा २४ करोड खर्च भयो, तर आयोजना धेरै भएकोले कुनै पनि सम्पन्न भएन । एउटा योजना सम्पन्न नहुँदै अर्को आयोजनामा हात हाल्नु पर्ने बाध्यताले आयोजना सम्पन्न […]

सम्बन्धित