बाँकेमा खेलाडीका लागि दोस्रो पौडी पोखरी सञ्चालित

सदरलाइन संवाददाता १६ बैशाख २०८०, शनिबार १३:४४
 

नेपालगञ्ज : बाँके जिल्लामा पौडी खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ दोस्रो अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माण गरेर सञ्चालनमा ल्याइएको छ ।

जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ४ मा निर्माण गरिएको पौडी पोखरीलाई खेलाडीका लागि सञ्चालनमा ल्याइएको पोखरीका सञ्चालक टेक श्रेष्ठले बताए ।

यसअघि आठौं राष्ट्रिय खेलकुदको अवसरमा नेपालगञ्जस्थित रंगशालामा ललितपुर पछिको देशकै सबैभन्दा ठूलो पौडी पोखरी निर्माण गरेर सञ्चालनमा ल्याइएको थियो ।

खजुरास्थित मिनिपार्क एण्ड रिसोर्ट उद्यानले जिल्लामा दोस्रो अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरीको निर्माण पुरा गरेर सञ्चालनमा ल्याएको सञ्चालक श्रेष्ठले बताए ।


उनले ‘स्वास्थ्य र सुरक्षाको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नाराका साथ उक्त पौडी पोखरी संञ्चालनमा ल्याइएको जनाउँदै खेलाडी उत्पादन गर्ने उद्देश्यले पौडी पोखरीको निर्माण गरिएको बताए ।

श्रेष्ठका अनुसार उक्त पोखरीको लम्बाई २५ मिटर र चौडाई १२.५ मिटरको रहेको छ । जहाँ एकैपटक ६ जना खेलाडीले पौडिन सक्नेछन् । करिब दुई करोड रुपैयाँ लागतमा निर्माण गरिएको पोखरीको गहिराई ३.५ फिटदेखि ७ फिटसम्म रहेको छ ।

सो पोखरीमा बालबालिकाका लागि छुट्टै १.५ फिट गहिराईको पोखरी पनि निर्माण गरिएको छ । सो पोखरीमा खेलाडीलाई प्रशिक्षणको समेत व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘सिकलसेल एनिमिया’का बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष मगर

१६ बैशाख २०८०, शनिबार १३:४४
काठमाण्डौ : आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताएका छन् । संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका थारु समुदाय […]