लागुऔषध दुर्व्यसन रोकथामबारे सचेतनामुलक कार्यक्रम

सदरलाइन संवाददाता २९ बैशाख २०८०, शुक्रबार १३:२५
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखि क्याम्पसमा लागु औषध दुर्व्यसन रोकथाम र साइबर अपराधविरुद्ध सचेतनामूलक एक दिने कार्यक्रम शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरको आयोजनामा क्याम्पस हाताभित्र बिद्यार्थीमाझ ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नाएब उपरीक्षक सुन्दर तिवारीले लागु औषध दुर्व्यसन रोकथाम र साइबर अपराध विरुद्ध सचेतनामूलक सामग्री प्रस्तुतीकरण गरेका गरेका थिए ।


क्याम्पस प्रमुख दानबहादुर हमालको अध्यक्षतामा सम्पन्न उक्त सचेतनामूलक कार्यक्रममा विद्यार्थीहरू आफैलागु औषध दुर्व्यसन र साइबर अपराध विरुद्ध सचेत हुन र समाजमा हुने आपराधिक कार्य रोक्न मद्दत गर्ने भएकाले आफूहरूको अभियानम सहयोग गर्न तिवारीले अनुरोध जोड दिएका थिए । स्ववियु सभापति देवेन्द्र बहादुर बुढाले आफू विद्यार्थीको औपचारिक शिक्षा र व्यवहारिक ज्ञानको विकासमा हुने हरेक रचनात्मक कार्यमा सहयोग गर्न तयार रहेको बताए ।

क्याम्पसका पूर्व प्रमुख खगराज पन्तसहितका प्राध्यापक, कर्मचारी, स्ववियु पदाधिकारी, सय बढी विद्यार्थी, दर्जन बढी सुरक्षाकर्मीको उपस्थिति रहेको कार्यक्रम प्रमोद सुवेदीको स्वागत मन्तव्यबाट सुरुभएको थियो । कार्यक्रम निकै व्यवहारिक भएको भन्दै क्याम्पस प्रमुख हमालले आगामी दिनमा पनि यस्तै रचनात्मक काममा हातेमालो गर्न आफूहरू तयार रहेको भन्दै इप्रका प्रमुख डीएसपी तिवारी र टिमलाई विशेष आभार व्यक्त गरे । कार्यक्रमको सहजीकरण क्याम्पसका उप प्राध्यापक, साहित्यकार पुष्करनाथ रिजालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनगढीमा चार लेनको हुलाकी राजमार्ग बन्दै

२९ बैशाख २०८०, शुक्रबार १३:२५
धनगढी : कैलालीको धनगढीमा चार लेनको हुलाकी राजमार्ग बन्दै छ । सहरी क्षेत्रमा फराकिलो सडक बनाउने गरी हुलाकी राजमार्गलाई चार लेनको बनाउन लागिएको हो । धनगढीको क्याम्पस रोडदेखि मनेहरासम्म कालोपत्रेको काम भइरहेको छ । तीन किलोमिटरमा चार लेनको सडक बन्ने हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले बताए । उनका अनुसार […]