नेपालगन्ज १५ मा एमालेको सम्पर्क कार्यालय उद्घाटन तथा जेष्ठ नागरिकलाइ सम्मान

सदरलाइन संवाददाता १० बैशाख २०७९, शनिबार १४:५४
 


नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका वडा नं १५ मा नेपाल कम्युनिष्ट पार्टी एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नं १५ स्थित शुक्रवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।

सम्पर्क कार्यालय उद्घाटन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपालगन्ज मेयरका उम्मेद्वार पशुपति दयाल मिश्रले रिबन काटेर नेपालगन्ज १५ को सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् । नेकपा एमालेले वडा कमिटीका अध्यक्ष रमेश बर्माको अध्यक्षतामा वडा नं. १५ को सम्पर्क कार्यालय उद्घाटन संगै यहाँका जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम समेत गरेको छ । कम्युनिस्ट आन्दोलनमा लागेका जेष्ठ नागरिकलाई नेकपा एमालेले सम्मान गरिएको हो ।


 

सो कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा नेकपा एमाले नेपालगन्ज मेयर पदका उम्मेद्वार पशुपति दयाल मिश्रले नेकपा एमालेको मजबुती देखेर अरु दलका पार्टी गठबन्धन तर्फ लागेको बताए । उनले गाँउ, वडा ,नगर ,जिल्ला स्थानीयवासीको चाहाना र आवश्यकताको आधारमा विकास गर्ने बताए ।

पार्टी स्थापनाको अवसरमा नेकपा एमालेले बाँकेको ८१ वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको प्रचार संयोजक सतिश निरौलाले जानकारी दिए । ७३ वर्ष अगाडि २००६ साल वैशाख ९ गते कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्र नेपालगञ्जमा सत्ता गठबन्धनबाट बाहिरियो

१० बैशाख २०७९, शनिबार १४:५४
नेपालगञ्ज : माओवादी केन्द्र नेपालगञ्जमा सत्ता गठबन्धनबाट बाहिरिएको छ । चुनावी भागबन्डाका कारण माओवादी केन्द्रले नेपालगञ्जमा गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा नेपालगञ्ज उप–महानगरपालिकाका मेयरका आकाँक्षी नविन शर्माले दिएको जानकारी अनुसार अहिले ४ बजे पत्रकार सम्मेलन मार्फत यसको औपचारिक घोषणा गरिने छ । नेपालगञ्जमा […]