माओवादी केन्द्र बाँकेका उम्मेदवार घोषणा 

९ बैशाख २०७४, शनिबार १९:३०
 

सदरलाइनडटकम 
९ बैशाख, नेपालगन्ज : नेकपा माओवादी केन्द्रले शनिबार बाँकेका ६ वटै गाउँपालिका कोहलपुर नगरपालिकामा प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरु घोषणा गरेको छ । बाँकेको कोहलपुर चौराहामा घोषणा सभा गरी उम्मेदवारहरुको घोषणा गरेको हो ।
कोहलपुर नगरपालिकाबाट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष युवा नेता नरेन्द्र न्यौपाने प्रमुख, देबि थारु उपप्रमुखमा निर्बाचन लड्ने भएका छन् । राप्तिसोनारी गाउँपालिकाबाट पूर्व सभासद् पट्टु थारु प्रमुखमा र आस्माली पुनलाई उपप्रमुखमा चुनाव लडाउने भएको छ ।
यसैगरी बैजनाथ गाउँपालिकाबाट राजमोहन थारु प्रमसखमा , उपप्रमुखमा मिना वली, खजुरा गाउँपालिकाबाट डम्बर बिक तुफानलाई प्रमुख र उपप्रमुखमा फिरोज बानो खाँ, जानकी गाउँपालिका रक्षाराम बर्मालाई प्रमुख,पुष्पा खटिकलाई उपप्रमुखमा उम्मदवार बनाएको छ ।
यता डुडुवा गाउँपालिकाबाट भोला यादव प्रमुख, उपप्रमुखमा प्रेमा कुमारी शाही, नरैनापुर गाउँपालिकाबाट मेराज अहमद खाँलाई प्रमुख र सविना बेगम मुकेरीलाई उपप्रमुखको उम्मेदवार बनाइएको छ ।
मओवादी केन्द्रले नेपालगन्ज उप–महानगरपालिकामा भने घोषणा गरेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न तिमिलाई आफ्नो बनाउन सके... बोलको आधुनिक गीतको म्युजिक भिडियो बजारमा

९ बैशाख २०७४, शनिबार १९:३०
सदरलाइनडटकम  १० बैशाख, कोहलपुर : न तिमिलाई आफ्नो बनाउन सके न अरुलाई दिलमा राख्न सके… बोलको आधुनिक गीतको म्युजिक भिडियो सर्बत्र चर्चामा रहेको छ । कोहलपुर–११ न्यूरोडका खेमप्रसाद घिमिरेको शब्द र निर्माणमा बनेको सो म्युजिक भिडियोमा नेपालगन्जका सञ्चारकर्मी तथा मोडेल कृष्ण अधिकारी र रक्षाले अभिनय गरेको म्युजिक भिडियो हेर्नको लागि […]