बर्दिया : बर्दियाको राजापुर नगरपालिकाले सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिन थालेको छ ।
राजापुरका मेयर दिपेश थारुले बेपत्ता १७ जनाका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिएको जानकारी दिए । आफन्तलाई बेपत्ता पारिएपछि आर्थिक संकटमा रहेका बेपत्ताका परिवारलाई मासिक दुई हजार भत्ता दिँदा थोरै भए पनि राहत भएको मेयर थारुको भनाइ छ ।
राजापुर नगरपालिकाले द्वन्द्वपीडितलाई समक्ष बनाउन तालिमदेखि आयआर्जनका कार्यक्रम सञ्चालन गर्न ४० लाख रुपैयाँ छुट्याएको छ । प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको सहयोग गर्ने बताइएको यो कार्यक्रमलाई तालिमसँगै भैंसी र बाख्रापालनमा खर्च गर्ने मेयर थारुले बताए ।