नेता भन्दा पार्टीमुखी बन्नुहोस् : प्रकाशमान सिंह

१४ चैत्र २०७४, बुधबार १२:३७
 

सदरलाइन / रबिन्द्रसिंह ठकुरी
१४ चैत, नेपालगन्ज : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले ‘नेता भन्दा पार्टीको पछि लाग्न’ नेता कार्यकर्ताहरुलाई सुझाव दिएका छन् । नेताको पछि मात्र लाग्दा पार्टीले हार व्यहोर्नुपरेको भन्दै उनले ‘नेतामुखी भन्दा पार्टीमुखी’ बन्न आग्रह गरे ।
नेपाली काँग्रेस निकट नेपाल ट्रेड यूनियन कांग्रेस बाँकेको जिल्ला अधिबेशन उद्घाटन गर्न बुधवार नेपालगन्ज आइपुगेका पूर्वमहामन्त्री सिंहले प्रेस युनियन बांकेले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै यस्तो बताएका हुन । उनले व्यक्तिको पछि लाग्दा पार्टी बन्न नसकेको बताए । उनले नेपाली कांग्रेस पार्टीको आफ्नै खालको इतिहास र सुनौला पृष्ठभुमिहरुलाई जोगाईराख्नका निम्ती पनि पार्टीका नेतालाई भन्दा पनि पार्टीलाई निकासको बाटोमा पु¥याउनु पर्नेमा सबैको महत्वपुर्ण भुमिका रहेने बताए ।
नेपालको एक मात्र प्रजातन्त्रीक पार्टी, नेपाली जनताले पत्याएको पार्टी, संर्घसिल पार्टी को यो जुन ति तहको नतिजाले धेरैलाई अहिले किन यस्तो अबस्था पुग्यो भन्ने मा अहिले पार्टीका कार्यकर्ताहरुलाई पिरोलिरहेको अबस्थामा पनि कांग्रेसको मुख्य चुनौती भनेको पार्टीलाई जिबन्त राख्नुपर्नेमा उनको तर्क रहेको थियो ।
उनले अहिले बाम गठबन्धको बहुमतको सरकार रहेको अबस्थामा नेपाली कांग्रेसले नेपाली जनताको हकअधिकारका कुरा उठाउनुपर्नेमा जोड दिए । साथै उनले जुन नया सरकारले सबै शक्ति केन्द्रहरु प्रधानमन्त्रीको नियन्त्रणमा लिएको हुदा बाम गठबन्धनले कहि कतैे जनबादीको ब्यबस्थामा लान लागीएको होकी भन्ने शंका लागेको पनि दाबी गरे ।
उनले पर्टि भित्र देखिएका बिभिन्न पक्षहरुलाई सुधार गरेरमात्र जिबन्त राख्न सकिने भएको हुदा पार्टी भित्रका बिभिन्न समस्याको समधान अब केहि दिनमा नै हुनेमा आफु बिश्वस्त रहेको उनको भनाई रहेको थियो ।
अब बोल्नका मात्र नभएर पार्टीलाई साच्चै सुधारात्मक बनाउनका लागी बिभिन्न् समयमा भएका कमिकमजोरीदलाई समाधा गर्नेमा आफु सकारात्मक भएको बताए ।


Next Post

‘शिक्षामा नेपालगन्जलाई अब्बल बनाउँछौं’

१४ चैत्र २०७४, बुधबार १२:३७
 स्थानीय तहमै शिक्षा सम्बद्ध निकायहरु आवद्ध भएपछि उनीहरुले कसरी काम गरिरहेका छन् । संविधान अन्र्तगत रहेर छुट्टै सरकारको अभ्यास गर्ने अवसर स्थानीय निकायलाई छ । यस्तो अवस्थामा नेपालगन्ज उपमहानगरपालिकामा शिक्षाको बिषयलाई कसरी अघि बढाइएको छ ? भन्ने आम चासो रहेको छ । प्रस्तुत छ, यसै बिषयमा नेपालगन्ज उप–महानगरपालिका शिक्षा शाखा […]

सम्बन्धित