बाँकेमा ६६ जना कोरोनामुक्त भई डिस्चार्ज

सदरलाइन संवाददाता ४ कार्तिक २०७७, मंगलवार ०९:३२
 

नेपालगञ्ज : बाँकेमा मंगलवार ६६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आसोलेशनमा रहेका ४१ पुरुष र २५ जना महिला डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ७५ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । अब आइसोलेसनमा बाँकेका ५ सय २५ र अन्य जिल्लाका १७ गरी ५ सय ४२ जना रहेका छन् ।


बाँकेमा हालसम्म २ हजार ७ सय २९ जनामा कोरोना पुष्टि भएको छ भने २९ जनाको मृत्युु भइसकेको छ ।

Next Post

जनमत पार्टीद्वारा संगठन विस्तार तीब्र

४ कार्तिक २०७७, मंगलवार ०९:३२
डुडुवा (बाँके) : जनमत पार्टी बाँकेले संगठन विस्तार कार्यलाई तीब्रता दिएको छ । संगठन विस्तारका क्रममा पार्टीले डुडुवा गाउँपालिका वडा नं. ६ दशरथपुर्वामा १७ सदस्यीय टोल समिति गठन गरेको छ । रामनिवास तेलीको अध्यक्षतामा गठन भएको समितिमा बलराम सिंह, राजू बर्मा, राम सिंह सरदार, विनोद कुम्हार, गीता रैदास, मनीराम कोरी, […]