बाँकेमा मंगलवार ५ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २१ मंसिर २०७८, मंगलवार १५:३६
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १४९ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ११८ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १७ र बागेश्वरी ल्यावमा १४ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये सबै जिल्ला बाहिरका हुन् । जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ४ सय ७१ छ ।


यस्तै मंगलवार थप २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय १५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीले सवा दुईलाखको अवैध सामान नियन्त्रणमा लिएर भन्सार बुझायो

२१ मंसिर २०७८, मंगलवार १५:३६
नेपालगञ्ज : बाँके प्रहरीले अबैधबाटो भन्सार छलेर ल्याउदै गरेको दुईलाख बढीको विभिन्न सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ । प्रहरीले मंगलबार साँझ साढे ६ बजे नेपालगञ्ज–१० बाट भारतबाट भन्सार छलेर चोरी पैठारी गरी ल्याएको लत्ताकपडा, चिनी, सुपारी, धाराको सामान गरी कुल जम्मा अन्दाजी मुल्य दुई लाख सत्र हजार रुपैया बराबरको […]