बाँकेमा टरेन मलको अभाव

सदरलाइन संवाददाता ५ बैशाख २०८०, मंगलवार १२:४२
 

नेपालगञ्ज : बाँकेमा किसानलाई अति आवश्यक पर्नेभन्दा तीन हजार मेट्रिक टन युरिया मल र एक हजार चार सय मेट्रिक टन डीएपी मल कम मौज्दात रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलले जिल्लामा धान बालीका लागि तीन हजार पाँच सय मेट्रिक टन युरिया मल आवश्यक पर्नेमा हालसम्म ५२८ मेट्रिक टन मात्र मौज्दात रहेको बताए ।

त्यसै गरी एक हजार पाँच सय मेट्रिक टन डीएपी मल आवश्यक पर्नेमा हालसम्म कार्यालयको गोदाममा १२५ मेट्रिक टन मात्रै मल मौज्दात रहेको छ । खेतीका बेला हरेक वर्ष मलको अभाव हुने बाँकेमा यस पटक पनि अवस्था दोहोरिने प्रमुख पौडेलले जानकारी गराएका छन् ।

वार्षिक छ हजार मेट्रिक टन युरिया मल आवश्यक पर्ने आकलन गरिए पनि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म एक हजार ६४४ मेट्रिक टन मल मात्रै बिक्री गरिएको छ । बाँकेमा मात्र वार्षिक छ हजार मेट्रिक टन युरिया मल आवश्यक पर्ने आकलन गरिए पनि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म एक हजार ६४४ मेट्रिक टन मल मात्रै बिक्री गरिएको छ ।


यसैगरी ७६९ मेट्रिक टन डीएपी र ९८ दशमलव दुई सय मेट्रिक टन पोटास बिक्री भएको प्रमुख पौडेलको भनाइ छ । युरियाको वार्षिक अनुमानित मागअनुसार अझै तीन हजार आठ सय मेट्रिक टन युरिया आउन बाँकी रहेको छ ।

थप मल कहिले आइपुग्छ भनेर यकिन भन्न नसकिने भए पनि धान लगाउने सिजनअघि मल ल्याउने प्रयास भइरहेको प्रमुख पौडेलले भने ।

तर, जिल्लाका किसानको ३० प्रतिशत माग भने पूर्ति गर्न नसकिने अवस्था रहेको उहाँको भनाइ छ । “अपुग मागका लागि किसान सीमापारिको भारतीय बजारमा निर्भर रहने गरेका छन् । सीमामा कडाइ नगरिए यहाँ मलको धेरै अभाव हुने छैन,” पौडेलले उल्लेख गरे । अहिले पनि कम्पनीको बुटवलस्थित गोदाममा मल थन्किएर रहे पनि ढुवानी समयमा नभएको पाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके ट्राफिकद्वारा चैत महिनामा २७ लाख बढि राजस्व संकलन

५ बैशाख २०८०, मंगलवार १२:४२
नेपालगञ्ज : जिल्ला ट्राफिक कार्यालय बाँकेले एक महिनामा २७ लाख ७८ हजार बढि राजस्व संकलन गरेको छ । गत चैत महिनामा जिल्ला ट्राफिक कार्यालयले २७ लाख ७८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले जानकारी दिए । ‘बाँकेमा गत चैत महिनामा १ सय […]