कोहलपुर नगरपालिकामा राजस्व सेवा १० दिन बन्द हुने

सदरलाइन संवाददाता १८ असार २०७८, शुक्रबार १७:३२
 


कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकामा राजस्व सेवा बन्द गरिने जनाएको छ । आर्थिक वर्ष सकिन लाग्दा नयाँ अद्यावधिक गर्नुपर्ने भएकोले राजस्व सेवा बन्द गर्न लागिएको सूचना मार्फत जानकारी दिएको हो ।

कोहलपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार पौड्यालद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा आगामी साउन १ गते देखि १० गतेसम्मका लागि राजस्व सेवा पूर्ण रुपमा बन्द हुने उल्लेख गरिएको छ ।


उक्त पत्रमा कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को आर्थिक ऐन २०२८ अनुसार राजस्व शिर्षकको दररेट अनलाइन प्रणालीमा अद्यावधिक गर्न लागिएको जनाइएको छ । सूचनामा उल्लेख गरिए अनुसार २०७८ साउन १ गतेदेखि २०७८ साउन १० गतेसम्म कोहलपुर नगरपालिका र अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरुमा राजस्व सेवा पूर्ण रुपमा बन्द गरिने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली करिडोरको पहिरो पन्छाएपछि यातायात सुचारु

१८ असार २०७८, शुक्रबार १७:३२
कालिकोट  :  सुक्खा पहिरोको कारण अबरुद्ध भएको कर्णाली करिडोरको सडक पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ । कर्णाली करिडोर अन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा आएको सुक्खा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । निकै ठूलो सुक्खा पहिरो आएका कारणले कर्णाली करिडोरको राजमार्ग अवरुद्ध भएको थियो । कर्णाली करिडोरमा आएको सुक्खा […]