बाँके ट्राफिकद्वारा चैत महिनामा २७ लाख बढि राजस्व संकलन

सदरलाइन संवाददाता ५ बैशाख २०८०, मंगलवार १२:४८
 

नेपालगञ्ज : जिल्ला ट्राफिक कार्यालय बाँकेले एक महिनामा २७ लाख ७८ हजार बढि राजस्व संकलन गरेको छ ।

गत चैत महिनामा जिल्ला ट्राफिक कार्यालयले २७ लाख ७८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले जानकारी दिए ।


‘बाँकेमा गत चैत महिनामा १ सय १५ स्थानमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेका थियौं,’ उनले भने, ‘१४ स्थानमा होर्डिङबोर्डहरु समेत राखिएको छ ।’

चैत महिनाको विभिन्न समयमा मापासे कक्षामा २ सय ८ जना सहभागि रहेका थिए भने चैत महिनामा ७ जना दुर्घटना भएपनि मुत्यु भने शुन्य रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने

५ बैशाख २०८०, मंगलवार १२:४८
काठमाण्डौ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन अर्थात वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । […]

सम्बन्धित