सदरलाइनडटकम,
रोल्पा : बस दुर्घटना हुँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रुइनिबाङ बजारको जीप पार्कमा फर्काउने क्रममा ब्याक गर्दा ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय यात्रु सूर्यलाल जीएमको घटनास्थलमै मृत्यु भएको सुनिल स्मृति गाउँपालिका–३ का वडा सदस्य सुरेन्द्र थापाले जानकारी दिए ।
रुइनिबाङबाट लुङ्ग्री गाउँपालिकाको सिर्पका लागि छुट्ने तयारीमा रहेको बस यात्रु लिन जाने क्रममा ब्याक गर्दा खोलामा खसेको प्रहरीले जनाएको छ । बसमा अन्य यात्रु नभएको प्रहरीको भनाई छ ।
