नेपालगञ्ज : नेपालगञ्जस्थित नापी कार्यालयमा आगलागी हुँदा महत्वपूर्ण सामग्री जलेर नष्ट भएका छन् ।
शनिवार बेलुका करिब ७ बजेतिर भएको आगलागीबाट कार्यालयका कम्प्युटर, फर्निचर लगायत महत्वपूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार हावाहुरी चलेका बेला एक्कासी बिद्युत सर्ट हुँदा आगलागी भएको हो ।


आगलागी लगत्तै पुगेको दमकल, सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।