एनटिभि कोहलपुरलाई स्वास्थ्य सामाग्री

२९ श्रावण २०७७, बिहीबार १८:३५
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँके यूनेस्को क्लबले एनटिभी कोहलपुरमा कार्यरत सम्पूर्ण सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

कोभिड–१९ को महामारीमा सञ्चारकर्मीहरु अत्यन्तै जोखिममा रहेको मध्यनजर गर्दै क्लवको आन्तरिक श्रोतबाट सो स्वास्थ्य सामाग्री उपलब्ध गराईएको हो ।

क्लबका लेखा निर्देशक वेदप्रकाश पंगालीले सो स्वास्थ्य सामाग्री एनटिभी कोहलपुरका प्रमुख निराजन खनाललाई हस्तान्तरण गरेका हुन ।


उनले सञ्चारकर्मीको सुरक्षा पनि नागरिक दायित्व भित्र पर्ने भएको भन्दै क्लवले आन्तरिक श्रोतबाट सो सामाग्री उपलब्ध गराएको बताए ।

एनटिभि कोहलपुरका प्रमुख खनालले कोभिड–१९को महामारीको बेलामा सबै सञ्चालकर्मीको सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य सामाग्री उपलब्ध गराउने बाँके युनेस्को परिवारलाई धन्यवाद दिए ।

Next Post

त्रिवेणी मोडमा बेवारिसे भेटिएको सुटकेशमा कपडा !

२९ श्रावण २०७७, बिहीबार १८:३५
नेपालगञ्ज : नेपालगञ्जको त्रिवेणीमोडमा शंकाष्पद अवस्थाको सुटकेस भित्र कपडा फेला परेको छ । कोभिड–१९ नोबल कोरोनाको महामारीको कारणले लकडाउन चलिरहदा अज्ञात व्यक्तिले बिहिबार बेलुकी पख सुटकेश छोडेर गएपछि सो क्षेत्र त्रसिद बनेको थियो । बन्द पसलको अगाडि तालाचाबी लगाएको सुटकेस बेवारिसे अवस्थामा भेटिए लगत्तै स्थानीयले शंकास्पद बस्तु बम भएको हुनसक्ने […]