भारतका पूर्व सांसद अतीक र भाई अशरफको हत्या

सदरलाइन संवाददाता ३ बैशाख २०८०, आईतवार १२:४४
 

काठमाण्डौ : भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्व सांसद अतीक अहमद र उनका भाइ अशरफको हत्या गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी हिरासतमा रहेका उनीहरुको हत्या भएको हो । बयानका लागि प्रयागराज ल्याइएका दुवैको मेडिकल जाँच गराउन अस्पताल लैजाने क्रममा अकस्मात हमला भएर हत्या गरिएको भारतीय प्रहरीले बताएको छ ।

विधायक राजू पालको हत्या आरोपमा दुवै जना प्रहरी हिरासतमा थिए । बिहीवार यूपी पुलिसले अतीक अहमदका छोरा असद र उनका साथी गुलामलाई इन्काउन्टरमा मारेको थियो ।


यी घटनाक्रमले शान्ति सुरक्षामा खलल पुग्ने देखेपछि प्रदेश सरकारले उत्तर प्रदेशभर धारा १४४ लागू गरेको छ। १४४ लागू भएपछि ५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन पाउँदैनन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले सुरक्षाकर्मीलाई सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालीहरुको रोजाई सीमापारी रुपईडिहा बजार

३ बैशाख २०८०, आईतवार १२:४४
नेपालगञ्ज : बाँकेका अधिकाँश समुदायको रोजाइमा सीमापारि बजारमा किनमेल गर्नेहरुको भिड बढेको पाईन्छ । पछिल्लो समय मुस्लिम समुदायको इद नजिकिएसँगै सीमापारि बजारमा देख्न सकिन्छ । बाँकेस्थित नेपालगञ्ज बजारमा खासै चहलपहल छैन । सीमापारि रुपईडिहा बजारमा भने किनमेल गर्ने नेपालीको अत्यधिक घुइँचो लाग्ने गरेको छ । दशैँ र तिहारजस्तै इदका लागि […]

सम्बन्धित