अबैध पेस्तोलसहित ६ जना प्रहरी नियन्त्रणमा

१४ कार्तिक २०७६, बिहीबार २२:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ईलाका प्रहरी कार्यालय कोहलपुरले पेस्तोल सहित ६ जनालाई नेपालगञ्ज–२० मनिकापुर स्थित नमस्ते भिलेज रेस्टुरेन्टको पार्किङ्गबाट नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले दिएको जानकारी अनुसार ‘मेड इन अमेरिका’ लेखेको अटोमेटिक पेस्तोल र २ राउण्ड गोली र त्यसको म्याग्जिनसहित नेपालगञ्ज–१३ का ३२ वर्षिय संदीपजंग शाहलाई नियन्त्रणमा लिएको हो । शाह नेपाल तरुण दल नेपालगञ्ज उपमहानगर कमिटीका सभापति समेत हुन ।
प्रहरीले शाहलाई नेपालगञ्ज–२० मनिकापुर स्थित नमस्ते भिलेज रेस्टुरेन्टको पार्किङ्गमा रहेको बा १८ च ४२११ नंम्बरको खैरो मारुती सुजिकी कारको सिटमुनी लुकाई राखेको अवस्थामा बिहीबार साँझ साढे ८ बजे नियन्त्रणमा लिएको हो ।
प्रहरीले शाहका साथमा रहेका नेपालगञ्ज–१० भृकुटीनगरका ४० वर्षिय दिनेश कुमार शाही, नेपालगञ्ज–१२ का ५४ वर्षिय राघव शाह (कानु), ३५ वर्षिय माधव नेपाली, नेपालगञ्ज–४ का ३५ वर्षिय प्रितम थापा र नेपालगञ्ज–२०का यामबहादुर बुढालाई समेत नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।
प्रहरी नायव उपरीक्षक शाहीले पेस्तोल बरामद भएको कार समेत नियन्त्रणमा लिएको जानकारी दिए । उनीहरु माथि हातहतियार तथा खरखजना ऐन अन्तरगत मुद्दा चलाईने जनाएको छ ।

Next Post

बसको ठक्करबाट कैलालीमा दुई बालकको मृत्यु

१४ कार्तिक २०७६, बिहीबार २२:१७
सदरलाइनडटकम, कैलाली : कैलालीको बर्दगोरीयामा बसको ठक्करबाट घाइते भएका दुईजना बालकको उपचारका क्रममा मृत्यु भएको छ । विहीवार साँझ ५ बजे महेन्द्रनगरबाट काठमाण्डौ गइरहेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको बसले बर्दगोरीया गाउँपालिका १ साझा चौक नजिक साइकलमा सवार दुईजना बालकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते […]

सम्बन्धित