नेपालीहरुको रोजाई सीमापारी रुपईडिहा बजार

सदरलाइन संवाददाता ३ बैशाख २०८०, आईतवार १२:५४
 

नेपालगञ्ज : बाँकेका अधिकाँश समुदायको रोजाइमा सीमापारि बजारमा किनमेल गर्नेहरुको भिड बढेको पाईन्छ ।

पछिल्लो समय मुस्लिम समुदायको इद नजिकिएसँगै सीमापारि बजारमा देख्न सकिन्छ । बाँकेस्थित नेपालगञ्ज बजारमा खासै चहलपहल छैन ।

सीमापारि रुपईडिहा बजारमा भने किनमेल गर्ने नेपालीको अत्यधिक घुइँचो लाग्ने गरेको छ ।


दशैँ र तिहारजस्तै इदका लागि पनि अधिकांश नेपाली उपभोक्ता सीमापारि गएर किनमेल गरिरहेको पाइएको छ ।

भारत रुपईडिहाका व्यवसायी ओमकार वैश्यले अन्य दिनको तुलनामा अहिले दोब्बरभन्दा बढी बिक्री बढेको जानकारी गराए ।

उनले नेपालगञ्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरीगाउँ र दाङ तथा सुर्खेतबाट खरिदारीका लागि नेपाली आइरहेको जानकारी गराए । नेपालगञ्जका फिरदौसजहाँ खानले नेपालगञ्जभन्दा सामान धेरै सस्तोमा पाइने भएकाले रुपैडिहा आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुकुम्बासीको नाममा ठगी गर्ने बाँकेमा ३ जना पक्राउ

३ बैशाख २०८०, आईतवार १२:५४
नेपालगञ्ज : सुकुम्बासीलाई ऐलानी जग्गा मिलाइदिने प्रलोभनमा पारेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुर्गम पहाडी जिल्लाबाट मानिसहरू बोलाएर बाँकेको बैजनाथ गाउँपालिकाको पितमारी नजिकैको जंगलमा सुकुम्बासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकामध्ये जाजरकोटको नलगाड नगरपालिका वडा नं. ११ […]

सम्बन्धित