साहु समाजका १ सय ७ ले गरे रक्तदान

सदरलाइन संवाददाता २९ जेष्ठ २०७८, शनिबार १९:४७
 

नेपालगञ्ज : साहू समाज जिल्ला कार्य समिति बाँकेले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ७ जनाले रक्तदान गरेका छन् ।

कोरोना कहरको बेलामा रक्तसञ्चार केन्द्रमा उपचारको लागि आवश्यक पर्ने रगत अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रमको आयोजना गरेको रक्तदान कार्यक्रमका संयोजक प्रदीप शाहले जानकारी दिए ।


समाजले गरिब, असहाय, पीडितलाई खाद्यान्न वितरण गर्नुका साथै सुरक्षाकर्मी र प्रहरी विटहरुमा समेत पानी, चाउचाउ, मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिरहेको छ ।

रगत अभाव हुन नदिनका लागि आयोजना गरिएको मानवीय कार्यमा सहभागी रक्तदातालाई खाना, फलफूल, ग्लुकोज, फ्रुटी, टिसर्ट र गम्छासहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा ५ जनाको मृत्यु

२९ जेष्ठ २०७८, शनिबार १९:४७
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ४ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँके, बर्दिया, दाङ, सल्यान र बैतडीका १/१ जना छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका […]