जन्ती बोकेको जीप दुर्घटना, ६ जनाको मृत्यु

२७ मंसिर २०७५, बिहीबार १४:५२
 

सदरलाइनडटकम,
दाङ : दाङको लमहीमा बस र स्कोर्पियो जीप एकापसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
महेन्द्रनगरदेखि काठमाण्डौतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस र चितवनबाट शम्शेरगञ्जतर्फ जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कोर्पियो जीप पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ९ रिहारस्थित प्रहरी चौकीनजिकै ठोक्किँदा ६ जनाको मृत्यु भएको दाङका प्रहरी नायब निरीक्षक पुरन मल्लले जानकारी दिए ।
दुर्घटनामा परी राप्ती सोनारी गाउँपालिका ८ का विश्वनाथ अधिकारी, प्रविण केसी, मानबहादुर केसी, बिमला केसी, दीपक खड्का र कोहपुर नगरपालिका १२ का तप्तबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । राप्ती सोनारी गाउँपालिका ८ की गीतादेवी खत्री र चालक यामबहादुर बुढा घाइते भएका छन् ।
विवाहका लागि चितवनबाट बेहुली लिएर शम्सेरगञ्ज राप्ती सोनारी गाँउपालिकातर्फ जाँदै गरेको जीप दुर्घटनामा बेहुलाका बाबुआमाको समेत मृत्यु भएको प्रहरीले जनाएको छ । बेहुला र बेहुली भने अर्कै गाडीमा रहेको प्रहरीले बताएको छ ।

Next Post

कर्णालीमा हिमपात हुँदा जनजीवन कष्टकर

२७ मंसिर २०७५, बिहीबार १४:५२
सदरलाइनडटकम, हुम्ला : कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधवार रातिदेखि हिमपात भएको छ । हिमपातका कारण हुम्ला, जुम्ला, मुगु, डोल्पा र सुदूरपश्चिम प्रदेशका बझाङ तथा बाजुराका उत्तरी क्षेत्र हिउँले ढाकिएका छन् । हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । हुम्लामा यो वर्ष दोस्रोे हिमपात हो । हुम्लाको साविक गाविसका लिमी, मुचु, […]