शुक्रवार आठौं राष्ट्रिय झण्डा दिवस मनाईंदै

सदरलाइन संवाददाता १ बैशाख २०८०, शुक्रबार १२:३५
 

नेपालगञ्ज : राष्ट्रिय झण्डा दिवसको सम्पूर्ण तयारी पुरा भएको छ । वैशाख १ गते नेपालगन्जको रामलिला मैदानमा बेलुकी ५ बजेर २९ मिनेटमा कार्यक्रम शुरुवात गर्ने गरी तयारी पुरा भएको हो ।

राष्ट्र र राष्ट्रियताको प्रतिकको रुपमा रहेको झण्डाले सबैलाई एक शुत्रमा बाध्ने गरेको कुरालाई महशुस गर्दै गैर सरकारी संस्थाहरुको अगुवाईमा नेपालगन्जबाट पहिलो पटक मनाउन थालिएको झण्डा दिवस लोक प्रियबन्दै आएको छ । अन्तरालको ब्यपस्थापन तथा बास नेपाल र गैरसरकारी संस्था महासँघ बाँकेको आयोजनामा उक्त दिवस मनाउन थालिएको हो ।

नयाँ वर्षको पहिलो दिन देशको शान राष्ट्रिय झण्डा दिवसमा स्वस्फूर्त सहभागिता जनाउन सम्पूर्ण बाँकेबासिहरुलाई आयोजकले अपील गरेको छ । नेपालगन्जमा क्रियाशिल अन्तरालले २०७३ साल बैशाख १ गतेदेखि झण्डा दिवस बनाउन शुरु गरेको हो ।


पहिलो वर्ष राष्ट्र गानका रचयिता व्याकुल माईलाको प्रमुख उपस्थितीमा दिवस नेपालगन्ज रंगशालामा सम्पन्न भएको थियो भने दोश्रो वर्ष २०७४ बैशाख १ गते चन्द्र सुर्य अभियानका अभियन्ता, कलाकार, बिमान चालक विजय लामा र नेपाल पत्रकार महासँघका पूर्ब केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतिथ्यतामा नेपालगञ्जको रामलिला मैदानमा सम्पन्न भएको थियो भने तेस्रो वर्ष जनप्रतिनिधि, सिने क्षेत्रका कलाकारहरुको उपस्थितीमा नेपालगञ्जको रामलिला मैदानमै दिवस सम्पन्न भएको थियो ।

तेस्रो वर्ष काठमाण्डौंको माईतिघर मण्डलामा साहित्यकार, संस्कृतिबिद् सत्यमोहन जोशीको उपस्थितीमा दिवस सम्पन्न भएको थियो भने पोखरा लगाएतका स्थानहरुमा पनि दिवस मनाईएको थियो । चौथो वर्ष अन्तरालले नेपालगन्जमा बाससँगको साझेदारीमा राष्ट्रिय झण्डा दिवस नेपालगन्जको विपि चोकमा मनाएको थियो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्सेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतको उपस्थितीमा सम्पन्न भएको थियो । बास नेपालले झण्डा दिवस अर्थात बैशाख १ गते देशभरका ७७ वटै जिल्ला शाखामा संयुक्त कार्यक्रमको रुपमा झण्डा दिवस मनाउन सर्कुलर गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सीमानाकाका हेल्थडेस्क प्रभावकारी बनाईंदै

१ बैशाख २०८०, शुक्रबार १२:३५
नेपालगञ्ज : भारतबाट फर्कनेमा कोभिड सङ्क्रमण बढ्दै जान थालेपछि लुम्बिनी प्रदेशका सीमानाकाहरूमा कोभिड जाँचमा कडाइ गरिएको छ । रुपन्देही जिल्लाको बेलहिया, नेपालगञ्जको जमुनाहा, कपिलवस्तुको कृष्णनगर, पश्चिम नवलपरासीको महेशपुर, दाङको कोइलाबास नाकामा रहेका हेल्थडेस्कलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन थालिएको छ । यी नाकामा कोभिड सङ्क्रमण सुुरु हुनासाथ हेल्थडेस्क स्थापना गरेर सीमा […]