युथ लिडरसिप समिट काठमाडौंमा सुरु

सदरलाइन संवाददाता १० असार २०८१, आईतवार १९:३७
 

काठमाडौ : युवा गैर सरकारी संस्था महासंघ नेपाल र राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनामा नेपाली युवाहरुका समस्या र समाधनमा केन्द्रीत रहेर देशभरका दुई सय जना युवाहरुको सहभागितामा युथ लिडरसिप समिट–२०२४ सुरु भएको छ ।

समिटको उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले युवाहरु देशको खम्बा भएकाले आवश्यकता अनुसार परिचालित हुन पर्नेमा जोड दिदै नेपालमा युवाहरुको जनसंख्या विश्वका अन्य देशको तुलनामा राम्रो रहेकाले समाज परिवर्तनका लागि यो सही समय रहेको बताए ।

उनले युवाहरु परजीवी हैन स्वाधीन र संघर्षशील बन्न सक्नु पर्ने बताउदै अहिलेका युवाहरुमा यस्ता कुरामा समस्या देखिएकाले अब सुधार गर्दै नमुना काम गर्नु पर्नेमा जोड दिए । राज्यको नीतिगत तहमा युवा नेतृत्वको दबाब बढ्दै आएको छ अझै के गर्नु पर्ने हो यस समिटले झकझकाउने भएकाले यो अवसर नेपाली युवाहरुको महत्वपूर्ण भूमिका रहने बताए ।

प्रतिनिधिसभा सदस्य तोसिमा कार्कीले अबको समय युवाको भएकाले नीति निर्मार्णको तहमा युवाको उपस्थिति अनिवार्य रहेको बताईन उनले भनिन–‘अब युवाहरुले अरु कसैको बाटो हेर्ने भन्दा पनि आफै बाटो निर्माण गर्ने अघि बढ्ने समय हो ।’


राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले परिषद् नेपाली युवाहरुको साझा संस्था रहेकाले युवा समृद्धिका जुन सुकै एजेण्डामा सबै सरोकावालाहरुसंग निःशर्त सहकार्य गर्न तयार रहेको बताउदै नेपाली युवाहरुको लागि युवा गैर सरकारी संस्था महासंघको विशेष पहलमा आयोजित यस समिटले जारी गर्ने घोषणा पत्र नेपाली युवाको क्षेत्रमा ऐतिहासिक हुने भएकाले युवाहरुको नेपालमा अर्थपूर्ण सहभागितामा टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

युवा गैर सरकारी संस्थाका केन्द्रिय अध्यक्ष नारायण गिरीले नेपालमा विगत दुई दशकदेखी युवाका हक, अधिकार र कर्तब्यका सवालमा सक्रियतापूर्वक काम गर्दै आएको राष्टिय निर्देशन ऐन २०१८ अनुसार स्थापीत यस महासंघले राज्यमा युवाको भूमिका र नीतिगत व्यवस्थामा सुधारको उल्लेखनीय काम गरी गरेको बताए । युवाका एजेण्डा सबैको भए पनि आवाज उठाउदा यस समिटले युवा नीतिको समय अनुकुल सुधार गर्दै जानु अहिलेको आवश्यता रहेको उल्लेख गरे ।

देशभरका ७७ जिल्ला र ७ प्रदेशका युवाहरुको सहभागिता रहने यो समिट दुई दिनसम्म चल्ने छ भने विभिन्न विकास साझेदारहरुले युवासंग सम्वन्धित प्रस्तुतीसंगै युवा नीति र विविध सवालमा डिसकोर्स पश्चात घोषणा पत्र जारी हुने छ भने प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको महासचिव संदिप राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्सचिव र सहसचिव विरुद्ध करिब ३९ करोडको भ्रष्ट्राचारको मुद्दा

१० असार २०८१, आईतवार १९:३७
काठमाडौँ  :  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वहालवाला मुख्यसचिव वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता गरेको आरोपमा अख्तियारले मुख्यसचिव अर्याल, अर्थमन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव रितेश कुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे सहित ठेकेदार कम्पनीका प्रतिनिधिलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो […]

सम्बन्धित