२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

समसामायिक साहित्यिक बिमर्श कार्यक्रम कोहलपुरमा सम्पन्न



कोहलपुर (बाँके) : हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठानको समन्वय तथा बागेश्वरी साहित्य परिषदको आयोजनामा समसामायिक साहित्यिक बिमर्श कार्यक्रम मंगलबार सम्पन्न भएको छ । बरिष्ठ कवि तथा समालोचक एबं भाषा आयोगका सदस्य डा.अमर गिरीको प्रमुख आतिथ्यतामा समसामायिक साहित्यिक बिमर्श कार्यक्रम सम्पन्न भएको हो ।

बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरको सभा हलमा आयोजित कार्यक्रमको अध्यक्षता बागेश्वरी साहित्य परिषदका अध्यक्ष पुष्कर रिजालले गरेका थिए । बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख दानबहादुर हमाल, स्ववियु सभापति देबेन्द्र बहादुर बुढा, हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष सुमित्रा न्यौपाने, सचिव बद्रि ढकाल, ज्ञानोदय पुष्तकालयका उपाध्यक्ष मणि प्रसाद गैरे, पत्रकार बिष्णु वेल्वासे, बागेश्वरी क्याम्पसका प्रशासन प्रमुख बेदराज लम्साल प्राध्यापकहरु, स्ववियु पदाधिकारी, बिद्यार्थी एबं कोहलपुरमा उपलब्ध साहित्यकारहरुको उपस्थिती कार्यक्रमको सञ्चालन प्राध्यापक नवीन किशोर रत्नले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी समेत रहेका बरिष्ठ कवि तथा समालोचक एबं भाषा आयोगका सदस्य डा.अमर गिरीले समसामायिक नेपाली साहित्यका बारेमा बिमर्श गरेका थिए भने नेपाली भाषाका बारेमा आफना भनाई समेत राखेका थिए ।

प्रकाशित मिति : २०७९ चैत २१ गते मंगलबार
ताजा समाचार