नमुना बिद्या सदनका विद्यार्थीद्वारा विदाई कार्यक्रम

सदरलाइन संवाददाता १४ चैत्र २०७९, मंगलवार १४:४३
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर ८ मा रहेको नमुना बिद्या सदन इङलिस बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्यनरत बिद्यार्थीहरुले आफु भन्दा सिनियर ब्याजका कक्षा १२ का अग्रजहरुलाई बिदाई गरेका छन् ।

आगामि शैक्षिक यात्रामा सफलताको कामनासंगै उज्जवल भबिष्यको कामना गर्दै मायाको चिनो सहित दोसल्ला ओढाई बिदाई गरेका हुन् । आगामी दिनहरुमा शैक्षिक प्रगतिको कामना गर्दै बिद्यालयका कार्यकारी निर्देशक शिव डाँगीले शुभकाना मन्तब्य ब्यक्त गर्दै बिद्यालयमा अध्यनरत रहदा देखाएको अनुशासन, लगनशिलता र ईमान्दारितालाई समेत प्रशंसा गरे ।

कक्षा ११ मा अध्यनरत छात्र सुरज पोख्रेलको अध्यक्षताम भएको बिदाई कार्यक्रममा बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख दानबहादुर हमालले जोडिनु र बिछोडिनु नियमित प्रक्रिया रहेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका हमालले उच्च अनुशासन नै बिद्याथीहरुको गहना भएको औंल्याउँदै सफल हुनु छ भने लगनशिलताको पनि उत्तिकै अपरिहार्यता रहेको बताए ।


बिदाई कार्यक्रममा बिद्यार्थीहरुले बिदाई झल्किने बिभिन्न कला प्रस्तुत गरेका थिए । बिदा भएर जाने बालबालिकाले मायाको चिनो ग्रहण गर्दै बिद्यालयले आफुहरुलाई सत्मार्गमा हिँडन प्रेरित गरेको कुरालाई सधैं आत्मसाथ गर्ने बताउँदै बिद्यालयको नाम राख्न उच्च मेहनतका साथ अध्ययनमा लाग्ने बताएका छन् ।

कार्यक्रममा सरस्वती माबिका प्रधानाध्यापक बिसाखर जैसि, शिक्षकहरु हरि चन्द, भरत खडकालगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा आमा–छोरा मिलेर गरे बाबुको हत्या

१४ चैत्र २०७९, मंगलवार १४:४३
नेपालगञ्ज : दाङमा आमा छोरा मिलेर बाबुको हत्या गरेका छन् । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर २ मर्फेसमा ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो । मंगलबार बेलुकी करिब ८ बजे उनकी श्रीमती ३२ वर्षीया चन्द्रा सुनार र १७ वर्षीय छोरा शिवराज सुनारले कोदालो प्रहार गरी रेशमको हत्या गरेको जिल्ला […]