नेपालगञ्ज र कोहलपुर बन्यो कोरोना ‘हटस्पट’, ११६ जनामा पुष्टि

सदरलाइन संवाददाता ७ माघ २०७८, शुक्रबार १६:०९
 

नेपालगञ्ज : नेपालगञ्ज र कोहलपुर क्षेत्र कोरोना भाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो तीन दिनदेखि बाँकेमा एक सय भन्दा बढीमा भाइरस संक्रमण पुष्टि भइरहेको छ । ती अधिकांश नेपालगञ्ज र कोहलपुर क्षेत्रका संक्रमित हुन् ।

आजपनि परीक्षण भएकामध्ये आधा भन्दा धेरैलाई कोरोना पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ७१ नमुना परीक्षण भएकोमा एक सय १६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

बिहीवार १०७ जनामा भाइरस संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालमा ९२ जनाको नमुना जाँच गर्दा ६९, मेडिकल कलेज कोहलपुरमा ५८ जनाको नमुना जाँच गर्दा ३६ र बागेश्वरी ल्यावमा २१ नमुना जाँच गर्दा ११ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।


संक्रमण पुष्टि भएकामध्ये बाँकेका ९० जना छन् । पुरुषको तुलनामा महिलाको संख्या बढी छ । जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सय ७८ पुगेको छ । शुक्रवार संक्रमण पुष्टि भएका संक्रमितसहित जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ९ सय ९० पुगेको छ ।

यस्तै शुक्रवार थप १९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार दुई सय १४ पुगेको छ । भेरी अस्पतालमा पनि विरामीको चाप बढेको छ ।

संक्रमितमध्ये २९ जना मध्यम खाले विरामी छन् । दुईजनाको अवस्था सिकिस्त हुँदा अर्का एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यौनिक तथा लैङ्गिक अल्पसंख्यक सरोकारवालाका लागि अभिमुखिकरण

७ माघ २०७८, शुक्रबार १६:०९
कोहलपुर (बाँके)  :  समाजमा समान अधिकार र अवसर हुनुपर्ने बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् । कोहलपुर नगरपालिकाको सहयोगमा पश्चिम तारा नेपालले आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सरोकारवालाहरुको सम्बन्धमा अभिमुखिकरण तथा सचेतनामुलक कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन । कोहलपुर नगरपालिकाको उपप्रमुख सञ्जुकुमारी थारुको प्रमुख आतिथ्यतामा […]