दाङमा आमा–छोरा मिलेर गरे बाबुको हत्या

सदरलाइन संवाददाता १५ चैत्र २०७९, बुधबार १२:३६
 

नेपालगञ्ज : दाङमा आमा छोरा मिलेर बाबुको हत्या गरेका छन् । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर २ मर्फेसमा ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो ।

मंगलबार बेलुकी करिब ८ बजे उनकी श्रीमती ३२ वर्षीया चन्द्रा सुनार र १७ वर्षीय छोरा शिवराज सुनारले कोदालो प्रहार गरी रेशमको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


शिवराज रेशमका जेठा छोरा हुन् । घरायसी विवादमा आमाछोरा मिलेर रेशमको हत्या गरेको देखिएको दाङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।

घटनापछि चन्द्रालाई प्रहरीले घरबाटै पक्राउ गरेको थियो भने फरार रहेका शिवराजलाई पनि प्रहरीले मध्यराति पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकीमा चैते दसैँको अवसरमा बुधबार सार्वजनिक विदा

१५ चैत्र २०७९, बुधबार १२:३६
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको गाउँ पालिकाको निर्णयानुसार हिन्दुहरुको महान चाड चैते दशै (अष्टमी) पर्वको अवसरमा चैत १५ गते पालिका भर सार्वजनिक विदा दिइएको हो । उक्त दिन स्वास्थ्य सेवा तर्फको अत्यावश्यक सेवा वाहेक जानकी गाउँपालिका अन्तर्गतका वडा कार्यालय, सरकारी, गैह्रसकारी तथा […]