सदरलाइन / रुद्र सुवेदी
नेपालगञ्ज, : नेपालगञ्ज जंगबहादुरको सपनाको शहर, सबै भन्दा पुरानो शहर । यो शहर बेला बेलामा चर्चाको शिखरमा रहने गरेको छ । पुरानो ऐतिहासिक शहर, खेलाडिको शहर, हुँदै पछिल्लो समय सामाजिक सद्भावको शहरको रुपमा आफ्नो पहिचान बनाउन सफल छ ।
कुनैबेला धार्मिक द्वैसका कारण तनाव व्यहोरेको नेपालगन्जले अहिले भने सामाजिक र धार्मिक सद्भावको शहरको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । यो शहरलाई यहाँसम्म ल्याई पुराउन अहोरात्र खटिने धार्मक गुरु तथा अगुवा र सामाजिक अभियन्ता हुन जसको कारण आपसी भाईचारा र सद्भाव कायम हुँदै आएको छ ।
सबै धर्मले अहिंसाको बाटो देखाउदै समाजलाई एक शुत्रमा बाँधेको हुनाले कसैले धर्मको आडमा समाजलाई बिखण्डन गर्न नहुने यहाँका धर्मगुरुको मान्यता रहेको छ । उनीहरुले समाजिक सद्भाव सहितको मानवता नै ठूलो धर्म भएको ठोकुवा गर्छन् ।
अन्तर धार्मिक तथा सामाजिक सद्भाव क्षेत्रीय समितिका संयोजक समेत रहेका हिन्दू धर्म गुरु तथा बागेश्वरी मन्दीरका माठाधिस श्रीचन्द्रनाथ योगीले अल्लाह र ईश्वर एक छन् उनीहरुले प्राणि जगतलाई विभेद गर्दैनन भने हामी आपसमा पनि बिभेद युक्त कुरामा अल्झेर बस्नु हुँदैन । उनले भने–‘ईश्वर र अल्लाहले नै मानब जाति तथा सम्पूर्ण सृष्टिलाई एक शुत्रमा बाँधेर राख्नु भएको छ तर, हामी ईश्वरका सबैभन्दा उत्तम रचना हामी नै आपसमा धर्मको लागि एक अर्कासंग कलह गर्छाै, यो कार्यले ईश्वर र अल्लाह खुसी हुँदैन ।’
उनले धर्म–धर्म सबै एकै भएको कुरामा जोड दिदै यसलाई कसरी मान्ने भन्ने कुरा मात्र फरक भएको कुरामा जोड दिदै भने–‘ईश्वरलाई पाउने बाटो फरक छ तर, ईश्वर एक छन् । ईश्वरले कहिले पनि धर्मको नाममा आफ्ना सन्ततीहरु कलह गरेको मन पराउदैनन् । धर्मले एक आपसमा प्रेम र स्नेहको बाटो देखाउने भएकोले धर्मको बारेमा अपब्यख्या गरी समाजलाई विखण्डन गर्न हुँदैन ।’
उनले कलहले कसैको पनि भलो नगर्ने भएको कुरा उल्लेख गर्दै भने–‘यहाँ तपाईहरु धर्मको लागि एक आपसमा लड्नु भन्दा यहाँको विकासको लागि एकजुट हुनुहोस बाटोघाटो, अस्पताल, विजुली बत्तिको अभाव छ । सबै राजनीतिक पार्टीका नेताहरु यहाँको विकासका लागि एक हुन आवश्यक छ ।’
उनले सबैका ईश्वर एक भएको र ईश्वरले कसैलाई पनि धर्म, जात र लिङ्गको आधारमा विभेद नगरेको कुरामा जोड दिदै भने–‘हिन्दूका ईश्वरले हिन्दूको मात्र रक्षा गर्ने र अन्य धर्मलाई हानी गर्ने त्यसैगरी ईस्लाम धर्मका अल्लाहले ईस्लाम धर्मका अनुयायिलाई मात्र रक्षा गर्ने भन्ने संभव छैन भने किन हामी आपसमा बैरभाव राखेर लड्ने ।’
अन्तर धार्मिक तथा सामाजिक सद्भाव क्षेत्रीय समितिका सह संयोजक तथा ईस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले आपसमा सद्भाव भए शान्ति हुने कुरामा जोड दिदै धर्मको लागि एक आपसमा लड्नु मुर्खता बाहेक अरु केही नभएको टिप्पणी गरे । उनले भने–‘कुनै पनि धर्मले समाजमा अशान्ति फैलाउन र समाजलाई विखण्डन बनाउने कुरा भन्दैन अनि किन हामी आपसमा लड्ने ।’
उनले समाजमा शान्ति भएमा विकास हुने, सद्भाव भएमा सम्पत्ति जोडिने तर, बाँडियो भने सम्पत्ति टुक्रने र नोक्सान हुने भएकोले सबैले आपसमा भाईचाराको भावनालाई स्थापित गर्दै समाजमा मिलेर बस्नसक्नु पर्ने कुरामा जोड दिदै भने–‘सानो कुरामा झगडा गरेर काटमार गर्दा त्यसको पहिलो असर बालबालिका र महिलालाई पर्छ । त्यसैको कारण अड्डा अदालत धाउदा सबैको नोक्सान हुन्छ त्यसैले विकास, शिक्षा, स्वास्थ्यको लागि एक हुन आवश्यक छ ।’
उनले नेपालगन्ज पछिल्लो समय विकासमा पछाडि परेको छ त्यसमा पनि हिन्दू र मुस्लिममा बाडिएर दिनहुँ झैझगडामा लागियो भने केही हुँदैन । मानवता बचे धर्म बच्छ मानबता नै नबचे कहाँको धर्म ? कुरानमा नै भनेको छ धर्मको नाममा झगडा गर्नु हुँदैन एक अर्कालाई सम्मान गर्नु भनेर । अझ कुरानको पहिलो पेजमा नै भनेको छ तिमी तिम्रो धर्मलाई मान र अरुको धर्मलाई पनि सम्मान गर ।’
उनले रगत सबैको रातो हुने प्रसंग कोट्टयाउदै रगतले कुनै जात धर्म, धनी गरिव जस्ता विभेद छुट्टयाउन सक्दैन तर, पनि मानव आपसमा धर्मको नाममा अनावश्यक झगडा गर्नु राम्रो कुरा नभएकोले समाजलाई एकताको डोरीमा बाँध्न आवश्यक भएकोले सबैलाई आपसमा भाईचाराको सम्बन्ध कायम गर्न आग्रह गरे ।
धार्मिक कलह नहोस भन्ने उद्देश्यले नागरिक अगुवा सक्रिय
नेपालगञ्जमा धर्मको आडमा कुनै पनि कलह नहोस भन्ने उद्देश्यले हिन्दू, मुस्लिम, बौद्ध, शिख, ईसाई, जैन समुदायका युवाहरुको स्वयमसेवी दस्ता नेपालगञ्जमा सक्रिय रहेको छ । उनीहरु हरेक समुदायको पर्वमा कुनै पनि अपृय घटना नहोस भनेर पर्वलाई पर्वकै रुपमा मनाउने सन्देस सहित विभिन्न क्रियाकलापमा संलग्न हुने गरेको युवा स्वयमसेवी समुहका दिपक लोध बताउछन् । उनले भने–‘हामी समाजमा धर्म र सामाजिक वितिष्णा नफैलियोस भनेर सचेत छौ । हामी सबै धर्म र सम्प्रदायलाई अत्यन्तै महत्व दिने गरेका छौ त्यसैले हामी सकारात्मक कार्यलाई बढवा दिएका छौ ताकि कुनै झै–झगडा नहोस भनेर ।’ उनी संगै सोही समितिमा रहेका मेराज अहमद हल्वाई हिमालयले आफुहरु धार्मिक मात्र नभएर अन्य सामाजिक क्रियाकलापमा पनि सहभागी भएर समाजमा भाईचारा र समाजिक सद्भावको सन्देश दिन खोजेको बताउछन् ।
उनले गत वर्षको एक प्रसंग स्मरण गर्दै भने–‘ हिन्दू समुदायको बडा दशैको देवि विशर्जन र मुस्लिम समुदायको मोहर्रमको ताजिया विशर्जन एकैदिन परिदियो विभिन्न अड्कलबाजी भए तर, हामीले सुझबुझको साथमा दुबैको पर्व हर्शोउल्लासका साथ मनायौ ।’
नवरात्री सुरु भएको दिनदेखि नै मुस्लिमको मोहर्रम सुरु भएको थियो नवरात्रीको पूजा राति १२ बजेसम्म सम्पन्न गरी पण्डाल बन्द गरी रातीको १२ बजेदेखि मोहर्रमको विभिन्न कार्यक्रममा सरिक हुँदा दुबैपर्व हर्षोउल्लासका साथ मनाउन पाईएको सञ्चारकर्मी तथा मुस्लिम समुदायका अगुवा मोहम्मद हारुन बताउछन् ।
मुस्लिम राजनीतिज्ञ, तथा सामाजिक अगुवा हिन्दूका पर्व मनाउदै
बाँके निवाृचन क्षेत्र नं. २ का संघिय सांसद तथा शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई मुस्लिम समुदायका राजनीतिज्ञ हुन । हाल उनी जनप्रतिनिधि हुँदा मात्र होईन उनी सामान्य जीवनमा पनि हिन्दू समुदायको पर्वमा सरिक हुदै सामाजिक धार्मिक सद्भावको सन्देस दिने गरेका छन् । उनी भन्छन–‘ कुनै बेला थियो जात र धर्ममा लडाउने अनि आफ्नो दुनो सोझ्याउने तर अहिले भने त्यो अवस्था छैन । हामीमा चेतना आई सकेको छ । एकले अर्कालाई सम्मान गर्छौ भाईचाराको सम्न्ध छ ।’ नेपालगन्ज समाजिक र धार्मिक सद्भावको शहर हो भन्ने सन्देस पुरा विश्व भर फैलाउन आवश्यक रहेको उनको भनाई छ ।
यसैगरी सामाजिक क्षेत्रमा लामो योगदान दिएका प्रवेज अलि सिद्दिकी आप्mनो पर्वमा अन्य समुदायलाई निम्तने र आफु पनि अन्य समुदायको पर्वमा सरिक हुदै आएका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी पनि हिन्दू समुदायका बडा दशै, भाईटिका लगायतका पर्वहरुमा सरिक हुँदै मनाउने गरेका छन् ।