सदरलाइनडटकम,
अछाम : अछामको साँफेबगरमा महिनावारी भएकी एक महिलाको छाउपडी गोठमा मृत्यु भएको छ । साँफेबगर नगरपालिका– ३ सिद्धेश्वर डिक्रेनिमा २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु भएको इलाका प्रहरी कार्यालय साँफेवगरका प्रहरी निरीक्षक नरपती भट्टले जानकारी दिए ।
मेल्लेख गाउँपालिका–७ नन्देगडा माइती भएकी पार्वतीको १८ महिना पहिला विवाह भएको थियो । आइतवार साँझ खाना खाएर सुतेकी रावत सोमवार बिहान मृत फेला परेकी हुन् । बिहान साढे सात बजेसम्म नउठेपछि छाउगोठको ढोका फुटाएर हेर्दा मृत भेटिएको मृतकका जेठाजु छत्र रावतले बताए ।
