राप्तीसोनारी (बाँके) : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न–३ स्थित नारायणपुरका दुई वटा सहकारी संस्थाको कार्यालयमा चोरी भएको छ ।
भुवर भवानी बहुउदेश्यीय कृषक सहकारी संस्था लिमिटेड र वन तथा वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बिहीबार राती चोरी भएका हो ।
भुवर भवानी सहकारीको कार्यालयबाट २ लाख १६ हजार ४ सय ८७ रुपयाँ चोरी भएको व्यवस्थापन अध्यक्ष दिलप कुमार डाँगीले बताए ।


यस्तै वन तथा वातावरण सहकारीको कार्यालयबाट ६२ हजार २ सय २५ चोरी भएको व्यवस्थापक वस्नत कुमार रावतले जानकारी दिए ।
चोरी घटनाबारे थप अनुसन्धान शुरु गरिएको ईलाका पहरी धामपुरका इञ्चार्ज प्रविन डाँगीले बताए ।