बाँकेको पहिलो कोरोना बिशेष अस्पताल बन्द

सदरलाइन संवाददाता ३ आश्विन २०७७, शनिबार १४:११
 

खजुरा (बाँके) : बाँकेको खजुरास्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष आईसोलेशन अस्पताल शनिवारदेखि बन्द भएको छ । क्यान्सरका बिरामीलाई उपचार गर्ने उद्देश्यले आईसोलेशन सेन्टर बन्द गरिएको हो ।

प्रदेश ५ सरकारले क्यान्सर अस्पताल खजुरालाई गत बैशाखदेखि कोरोना बिशेष आईसोलेशन अस्पतालका रुपमा स्थापना गरेको थियो । बाँकेमा सुबिधा सम्पन्न आईसोलेशन अस्पतालका रुपमा २ बेड भ्यान्टिलेटर, ६ बेड आईसियुसहित ५० बेडको कोरोना बिशेष आईसोलेशन अस्पताल बन्द भएसंगै यहाँबाट पाउने सेवा नेपालगञ्जको भेरी अस्पतालमा दिईने छ ।

सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले हालसम्म क्यान्सर अस्पतालबाट कोरोना बिशेष आईसोलेशन सेन्टरका रुपमा दिईने सेवा सुबिधा अबदेखि भेरी अस्पतालले दिने बताए ।


उनले कोभिड १९ को जोखिम भएकै बेला क्यान्सरका बिरामीलाई पनि सेवा दिनुपर्ने भएकाले कोरोना अस्पतालको बिकल्प तयार भएपछि मात्र बन्द गरिएको जानकारी दिए ।

अस्पताल खजुराका डा. प्रबिण गुप्ताले बैशाख १९ गते बाँकेका पहिलो कोरोना संक्रमित ६० बर्षीय पुरुषलाई आईसोलेशन सेन्टरमा राखेर शुरुवात गरिएको सेवा हालसम्म १ सय ९७ जना कोरोना पोजेटिभको सफल उपचार भएर सबै जनालाई घर पठाईएको बताए ।

उनले शनिवार अन्तिम लटमा २२ जना कोरोना जितेर घर फर्किएसंगै आगामी दिनमा क्यान्सरको उपचार गर्नेगरि कोरोना बिशेष अस्पतालको सेवा बन्द गरिएको बताए ।

Next Post

डा. थापा र नरेश श्रेष्ठ प्रवल जनसेवा श्रीबाट सम्मानित

३ आश्विन २०७७, शनिबार १४:११
नेपालगञ्ज : संबिधान दिवसका अवसरमा सरकारले बाँकेका दुईजना स्वास्थ्यकर्मीलाई पदक दिएको छ । भेरी अस्पताल नेपालगञ्जका मेसु डा प्रकाश थापा र स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई प्रवल जनसेवा श्री पदकबाट विभूषित गरिएकोे हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुनेहरुको नाम घोषणा गर्दा बाँकेका डा. थापा र स्वास्थ्यका श्रेष्ठ […]