पोर्चुगलमा सुतेकै अवस्थामा खजुराका एक युवाको मृत्यु

सदरलाइन संवाददाता ७ जेष्ठ २०८०, आईतवार १४:२१
 

नेपालगञ्ज : वैदेशिक रोजगारीका लागि आठ महिनाअघि पोर्चुगल पुगेका बाँके खजुराका एक युवाको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको शुक्रवार सुतेकै अवस्थामा मृत्यु भएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।


साराङकोटी पोर्तीमाउमा रहेको एक होटलमा कार्यरत थिए । उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सन्धुलीमा कुल जगाउदै मुडुला कार्की क्षेत्रीहरु

७ जेष्ठ २०८०, आईतवार १४:२१
सिन्धुली  :  सिन्धुलीका मुडुला कार्की क्षेत्रीहरु आफ्नो हराएको कुल र वंशको रक्षा गर्ने मुल उदेश्यले पछिल्लो समयमा कुल जगाउने कार्यमा क्रियाशिल हुन थालेका छन् । सिन्धुलीको कमलामाई नगरपालिकामा आयोजित सो जातीको दोश्रो साधरण सभामा सहभागी मौदगल्य गोत्रीय मुडुला कार्कीहरुले आफ्नो कुलको रक्षा गर्न र भाईबन्धुको एकता कायम राख्न कार्कीहरु लाग्नुपर्ने […]

सम्बन्धित