कोरोना संक्रमितको संख्या ९५ सय नाघ्यो

८ असार २०७७, सोमबार १७:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा थप ५ सय ३५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५३५ संक्रमित थपिएका हुन् ।
कुल कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । देशभरका ७५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि एक हजार १४२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ३७० डिस्चार्ज भएका छन् । जसमा ३२ महिला र ३ सय ३८ पुरुष रहेका छन् ।
हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । देशभर हालसम्म एक लाख ८१ हजार ३७१ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ६८ हजार १०३ जनाको आरडीटी परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार १९८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा ९० हजार ७३० मानिसहरु रहेका छन् भने आइसोलसनमा ७ हजार ७८९ कोरोना संक्रमितहरु रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

Next Post

जानकीको गाउँसभा सम्पन्न

८ असार २०७७, सोमबार १७:१०
सदरलाइनडटकम, जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । गाउँपालिकाको सोमवार सम्पन्न आठौ गाउँसभामा अध्यक्ष रामनिवास यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना भाइरस महामारीले अस्तव्यस्त बनाएको आर्थिक अवस्थालाई सुधार्न कृषिलाई प्राथमिकता दिईएको छ । कृषिमा उत्पादन […]