डुबानपछि नेपालगञ्जका २० घरपरिवार विद्यालय भवनमा आश्रित

सदरलाइन संवाददाता ८ भाद्र २०८०, शुक्रबार १३:४६
 

नेपालगञ्ज : निरन्तरको बर्षाका कारण नेपालगञ्ज उपमहानगरपालिका –२० को गायत्रीनगर डुबानमा परेको छ । डुबानमा परेका स्थानीयको सशस्त्र प्रहरी वल, नेपाल प्रहरी, जनप्रतिनिधिको सहयोगमा उद्धार गरिएको छ ।

घरभित्र पानी पसेपछि डुबानमा परेका करिब २० घरपरिवारका ५० बढी स्थानीयलाई सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी आदर्श माध्यमिक विद्यालयमा आश्रय दिएर राखिएको वडा अध्यक्ष कौशलकुमार धोवीले जानकारी दिए । वडा अध्यक्ष धोवीले भने, ‘अधिकांशको घरभित्र पानी पसेको छ, विस्थापितलाई विद्यालय भवनमा सारिएको छ ।

केही दिनदेखि निरन्तर बर्षा भइरहेकोमा शुक्रबार विहान अधिकांश घरभित्र पानी पसेको छ । कोहलपुर नगरपालिका, जानकी गाउँपालिका लगायतका क्षेत्रबाट बगेर आउने पानी जम्मा भई गायत्रीनगरमा बर्षाको समय डुबानमा पर्नेगरेको छ ।


वडा अध्यक्ष धोवीले बर्षा रोकिएपछि केही दिनका लागि आवश्यक खाद्यान्न वडा कार्यालयबाट ब्यवस्थापन गरेर घर फिर्ता पठाउने बताए । बर्षा निरन्तर रहेमा बसेकै विद्यालयमा उनीहरुको ब्यवस्थापन गरिने वडा कार्यालयले जनाएको छ । बर्षाको पानी घरभित्र पसेपछि अधिकांशको घरभित्रका खाद्यान्न तथा लत्ताकपडा भिजेको छ ।

पहाडी जिल्लामा बर्षा नभएका कारण राप्ती नदीमा भने पानीको सतह सामान्य अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय बाँके आपतपालिन कार्य सञ्चालन केन्द्र सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तुलसी जयन्तीका अवसरमा साहित्यकार सम्मानित

८ भाद्र २०८०, शुक्रबार १३:४६
नेपालगञ्ज : अवधी सांस्कृतिक प्रतिष्ठानद्वारा नेपालगञ्जमा ५२६औँ तुलसी जयन्ती विविध कार्यक्रमका साथ भव्यतापूर्वक मनाइएको छ । नेपाल र भारतका अवधीभाषी साहित्यकारहरूको सम्मान, बहुभाषी कवि गोष्ठी र तुलसीदासको जीवनीबारे चर्चा गरिएको प्रतिष्ठानले जनाएको छ । अवधी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुमालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भारतबाट आएका वरिष्ठ साहित्यकारहरू इन्द्रेसबहादुर […]