सदन छलेर अध्यादेश ल्याउनु गलत हो : काँग्रेस वरिष्ठ नेता कोईराला

सदरलाइन संवाददाता ११ फाल्गुन २०८१, आईतवार १२:३०
 

नेपालगञ्ज :  नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोईरालाले सरकारले सदनलाई वाईपास गरेर अध्यादेश ल्याउनु गलत भएको बताएका छन् ।

नेपाली काँग्रेस बाँकेले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै काँग्रेस बरिष्ठ नेता डा कोईरालाले नियमित सदनमै ल्याएर फास्टट्रेकको माध्यामबाट पास गराउन सकिने अवस्था हुँदाहुँदै सदन सञ्चालन हुनु भन्दा केही दिनअघिमात्र कुन बाध्यताले गर्दा अध्याधेश ल्याउनु पर्यो उनको प्रश्न थियो ।


उनले काँग्रेस एमाले गठबन्धनको सरकारलाई फेल हुने कुनै छुट नभएको उल्लेख गर्दै सरकारका राम्रा कामको वाहवाही र गल्तीको आलोचना गरी सच्याउन सबैले दबाव दिनुपर्ने कुरामा जोड दिए ।

काँग्रेस बरिष्ठ नेता डा. कोईरालाले संविधान संशोधनको उद्देश्य लिएर भएको एमाले काँग्रेस सत्ता समिकरणले मात्र संविधान संशोधन गर्न नसक्ने त्यसका लागि सबै दललाई समेटेर मात्र अघि बढ्न सुझाव दिए ।

फरक प्रसंगमा काँग्रेस महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नका लागि सबै काँग्रेसजनलाई नेतृत्व माथि दवाव दिन आग्रह गरे । उनी नेपाली काँग्रेस राप्तीसोनारी गाउपालिका अधिवेशनमा सहभागि हुन आएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूमि समस्या समाधान गर्न प्रदेश सरकारले प्रभावकारी सहजीकरण गर्ने

११ फाल्गुन २०८१, आईतवार १२:३०
दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमि सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले प्रभावकारी समन्वय र सहजीकरण गर्ने बताएक छन् । भूमि समस्या समाधान आयोगले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि प्रदेश सरकारले प्रभावकारी सहजीकरण […]

सम्बन्धित

ताजा अपडेट